Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
कुम्मायक–कुस्सायक गोल्डकप सुरु, झापाको सानदार विजय सुरुआत « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

कुम्मायक–कुस्सायक गोल्डकप सुरु, झापाको सानदार विजय सुरुआत

appharu

फिदिम । पाँचथरको यासोकमा सोमबारदेखि तेश्रो कुम्मायक–कुस्सायक गोल्डकप फुटवल प्रतियोगिता सुरु भएको छ । हरेक तीन वर्षमा लाग्ने त्रिशाली मेला एवं पूजाका अवसरमा आयोजित प्रतियोगिताको रेफ्रीलाई बल हस्तान्तरण गरी पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले उद्घाटन गर्नुभयो ।

प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले खेलकुद क्षेत्रको विकासका लागि स्थानीय स्तरमा यस प्रकारका प्रतियोगिता आयोजना गरिनु पर्ने वताउनुभयो । उहाँले खेलकुदको विकासका लागि पूर्वाधार निर्माणका साथै नियमित प्रशिक्षणका कार्यक्रम सञ्चालनमा तीनै तहका सरकार र खेलकुद क्षेत्रका सरोकारवालावीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

कुम्मायक गाउँपालिकाको सहयोगमा सयपत्री क्लब यासोकले आयोजना गरेको प्रतियोगिताको कार्यक्रममा कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङ, उपाध्यक्ष सीता आचार्य, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदी, कुम्मायकका विभिन्न वडाका वडाध्यक्षहरु, जिल्ला फुटबल संघका अध्यक्ष सुजन नेम्वाङ, विभिन्न राजनीतिक दल तथा संघ संस्थाका प्रतिनिधिहरु लगायत सहभागी हुनुहुन्थ्यो ।

यासोक स्थित खेलमैदानमा सञ्चालितअन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगितामा ब्रदर्श युनाइटेड क्लव झापाले शनदार विजय सुरुआत गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सयपत्री क्लव (निलो)लाई २ का बिरुद्ध ५ गोल गर्दै ब्रदर्श युनाइटेड क्लव झापाले विजय हाँसिल गरेको हो ।

तर दोश्रो हाफमा आयोजकमाथि झापा हावी भएको थियो । उसले दोश्रो हाफको १६औँ, २२औँ र ३४औं मिनेटमा गोल गर्दै फराकिलो जित हाँसिल गरेको हो । आजको खेलमा उकृष्ट खेल प्रर्दशन गरेका झापाका झापाका मनोज सेलिङले म्यान आफ दी म्याच घोषित हुँदै पाँच हजार पुरस्कार प्राप्त गरे ।