Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
मनोज–झपेन्द्र स्मृति दिवसमा विश्रामस्थल सरसफाई « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

मनोज–झपेन्द्र स्मृति दिवसमा विश्रामस्थल सरसफाई

चिन्तन खबर

फिदिम । निजामति कर्मचारी शहीद मनोज–झपेन्द्रको ३२औं स्मृति दिवसका अवसरमा नेपाल निजामति कर्मचारी संगठन पाँचथरले मनोज–झपेन्द्र स्मृति विश्रामस्थल सरसफाई गरेको छ ।

शहीद मनोज–झपेन्द्रको ३२औं स्मृति दिवसका अवसरमा आज संगठनले फिदिम नगरपालिका–१ स्थित विश्रामस्थलमा सरसफाई कार्यक्रम आयोजना गरेको थियो । संगठनले सरसफाइका अतिरिक्त मनोज–झपेन्द्रको स्मृतिमा उहाँहरुप्रति श्रद्धाञ्जली ब्यक्त गरेको छ ।

नेपाल निजामति कर्मचारी संगठन पाँचथरका अध्यक्ष प्रेमबहादुर काफ्लेको अध्यक्षता, संगठनका केन्द्रीय सदस्य एवं पाँचथर इन्चार्ज प्रकाश अधिकारीको प्रमुख अतिथ्यता, नेकपा (एमाले) पाँचथरका सचिवालय सदस्य एवं फिदिम नगरपालिका वडा नं. १ का वडाध्यक्ष गजाधर भट्टराईको विशेष आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा संगठनका विभिन्न तहका पदाधिकारी तथा सदस्यहरु सहित कर्मचारीहरुको सहभागिता रहेको संगठनका सचिव मिलन राईले जानकारी दिनुभयो ।