Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
पाँचथर समाजद्वारा बाढी पीडितलाई राहत वितरण « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

पाँचथर समाजद्वारा बाढी पीडितलाई राहत वितरण

चिन्तन खबर

सागर ‘सुस्केरा’ खनाल
फिदिम । गत असार २ गते परेको अविरल वर्षका कारण पाँचथरका विभिन्न स्थानमा ज्यान गुमाएका र वेपत्ता भएका परिवारलाई पाँचथर समाज काठमाडौद्वारा आज राहत वितरण गरिएको छ ।

ज्यान गुमाउनेहरुमा फिदिम नगरपालिका ४ निवासी एलिसा माझी, फिदिम १० निवासी हेमराज लोवा तथा फालेलुङ गाउँपालिका ४ की जुना साउदेनको सनाखत भइसकेको छ । मृतकहरुको नाममा उहाँहरुको आफन्त तथा परिवारलाई जनही रु. १५ हजार नगद तथा समवेदना पत्र प्रदान गरेको थियो भने हालसम्म वेपत्ता भएका फिदिम नगरपालिका ४ का आशिष माझी, हिलिहाङ गाउँपालिका ७ का तिलकुमार तामाङ र फिदिम नगरपालिका २ निवासी राजकुमार राईको परिवारलाई जनही रु. १५ हजार को दरले नगद प्रदान गरेको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले दैविक विपत्तिका कारण भएको दुःखद घटनाले आफू लगायत जिल्लावासी शोक मग्न भएको बताउँदै राहतका कार्यक्रमले थोरै भए पनि महलमपट्टी हुने विश्वास लिएको जनाउनुभयो ।

संस्थाका अध्यक्ष होमकुमार लावतीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा फिदिम नगरपालिका एकका वडा अध्यक्ष गजाधर भट्टराई, वडा नं. २ का वडा अध्यक्ष दिननाथ अधिकारी, वडा नं. ४ का वडा अध्यक्ष उपेन्द्र लावती, वडा नं. ५ का वडा अध्यक्ष भरत कुमार तुम्वापो र वडा नं. १० बाट नगर कार्यपालिका सदस्य सुस्मिता रम्तेल लगायत स्थानीय समाजसेवी, पत्रकार र संस्थाको तर्फबाट कोषाध्यक्ष आशा नेम्बाङ, आजिवन सदस्य भवानीविक्रम नेम्बाङको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाका आजिवन सदस्य लोकेन्द्र आले मगरले गर्नुभएको थियो ।