फिदिम । नेकपा(एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ पाँचथरको अध्यक्षमा मदन लावती चयन हुनुभएको छ । विहीबार जिल्ला कमिटीको दोस्रो विस्तारित बैठकबाट अध्यक्षमा मदन लावती चयन हुनुभएको हो ।
उपाध्यक्षमा रितुवर्न तुम्वापो, सचिवमा इश्वरी पोखरेल, सह–सचिव सुजन तुम्वापो तथा मणि लावती र कोषाध्यक्षमा सरु मगर चयन गरेको युवा संघ केन्द्रीय सदस्य गणेश योङहाङले जानकारी दिनुभयो ।
उक्त बिस्तारित बैठक केन्द्रीय उपाध्यक्ष कृष्ण हरि केसीको प्रमुख आतिथ्यमा र केन्द्रीय सचिव पर्वत राज भण्डारी, केन्द्रीय सदस्य गणेश योङहाङ लगायतको उपस्थितिमा सम्पन्न भएको हो ।
बैठकमा निवर्तमान जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य कमल थपलियाले स्वागत तथा बिस्तारित बैठकको बिषयमा जानकारी प्रस्तुत गरेका थिए । बैठकमा युवा संघको अभियान ‘मिसन नेक्स्ट इलेक्सन तारगेट न्यु जेनेरेसन’ भन्ने अभियानबारे अन्तक्रिया गरिएको केन्द्रीय सदस्य योङहाङले बताए ।
प्रतिक्रिया