काठमाडौं । नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवासंघ नेपालको अन्तर जिल्ला कमिटी पाँचथरको नयाँ कमिटी गठन भएको छ । काठमाडौंमा सम्पन्न भएको चौथो अधिवेशनबाट बिनय खतिवडाको अध्यक्षतामा उक्त कमिटी गठन भएको युवासँघ नेपालका केन्द्रीय सदस्य गणेश योङ्हाङले जानकारी दिनुभयो ।
कमिटीको उपाध्यक्षमा सलिन लामा, सचिव दुर्गाराज नेपाल, सह–सचिवमा गोबिन्द खतिवडा र सुजन लावती त्यस्तै कोषध्यक्षमा शुष्मा लिम्बू सहित २७ सदस्यीय कमिटी जना चयन भएको सहसचिव खतिवडाले जनाकारी दिनुभयो ।
कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य अइन्द्र सुन्दर नेम्बाङ्को प्रमुख उपस्थिति तथा नेकपा एमाले जिल्ला कमिटी पाँचथरका अध्यक्ष राजकुमार भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया