Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
तुम्वेवा गाउँपालिका अध्यक्ष बाबुराम खड्काको रजाईँ, पालिकाको पैसाले जन्मउत्सव « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

तुम्वेवा गाउँपालिका अध्यक्ष बाबुराम खड्काको रजाईँ, पालिकाको पैसाले जन्मउत्सव

चिन्तन खबर

फिदिम । पाँचथरको तुम्वेवा गाउँपालिकामा पालिका अध्यक्षसहित कर्मचारीहरुले पालिकाकै रकम दुरुपयोग गर्दै जन्मउत्सव मनाएको खुलेको छ । गाउँपालिका अध्यक्ष बाबुराम खड्कासहित पालिकाका कर्मचारीहरुले जनताबाट उठाइएको कर मार्फत जन्मदिन मनाइएको खुलेको हो । पालिका अध्यक्ष खड्काले जेठको २४ गते जन्मदिन मनाएको पालिकाले उपलब्ध गराएको सूचनामा उल्लेख छ ।

सञ्चारकर्मी जङ्‌ग तामाङ्ले उक्त कार्य भएको सूचना थाहा पाएपछि सूचनाको हक प्रयोग गर्दै सत्यतथ्य माग गर्नुभएको थियो । उक्त सूचनामा गाउँपालिकामा कार्यरत ६ जना कर्मचारीहरूको पनि जन्मोत्सव जनताबाट उठाइएको करले नै मनाएइएको खुलेको छ ।

जनताको करले जन्मदिन मनाउने कर्मचारीहरूमा रोजगार संयोजक नरेन्द्र खड्का, वडा नम्बर–२ का सचिव पर्शुराम लामिछाने, गाउँपालिकाको असिस्टेन्ट सब–इन्जिनियर जयप्रकाश लिम्बु, साना सिँचाइ कार्यक्रमका फोकल पर्सन समुद्र धामी, अपाङ्गता सहजकर्ता बन्दना खत्री र कार्यालय सहयोगी वीरेन्द्र खड्का रहेका छन् ।

यी कर्मचारीहरू र गाउँपालिका अध्यक्ष खड्का आफ्नै खर्चले जन्मदिन मनाउनै नसक्ने हैसियतका भने होइनन् । मनाउन सक्छन् । तर, उनीहरूले जन्मदिनको खर्च रु १५ सय समेत आफैँ बेहोरेनन् । गाउँपालिकालाई बेहोर्न लगाए ।

रोजगार संयोजक खड्काले गत वैशाखको १२ गते जन्मदिन मनाएका हुन् । वडा नम्बर–२ का सचिव लामिछानेले गत वैशाखकै २६ गते, गाउँपालिकाको असिस्टेन्ट सब–इन्जिनियर लिम्बुले गत वर्षको चैत २६ गते, फोकल पर्सन धामीले गत जेठको २० गते, सहजकर्ता खत्रीले गत जेठको ७ गते र कार्यालय सहयोगी खड्काले गत वैशाखको २० गते जन्मदिन मनाएका थिए ।

गाउँपालिकाकी सूचना अधिकारी विनिता गौतमले गत जेठ २५ गते यता भने जन्मदिन मनाउने कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार यसरी जथाभावी करको दुरुपयोग गर्न पाइँदैन । तर, गाउँपालिका अध्यक्ष खड्का र कर्मचारीहरूले ‘आफ्नो हात जगन्नाथ’ आहानको चरितार्थ गरेको देखिएको छ ।