Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
फिदिममा उत्कृष्ट कृषक, कर्मचारी, शिक्षक र विद्यार्थी सम्मानित « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

फिदिममा उत्कृष्ट कृषक, कर्मचारी, शिक्षक र विद्यार्थी सम्मानित

चिन्तन खबर

फिदिम । फिदिम नगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा विभिन्न विधामा उत्कृष्ट भएका ब्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको छ ।

फिदिम नगरपालिकाले मंगलबार आयोजना गरेको वार्षिक सार्वजनिक सुनुवाई, बजेट किताब सार्वजनिकीकरण तथा सम्मान कार्यक्रममा उत्कृष्ट ठहरिएका ब्यक्ति तथा संस्थाहरुलाई नगद पुरस्कार सहित सम्मान गरेको हो । नगरपालिकाले उत्कृष्ट कर्मचारीका रुपमा इन्जिनियर प्रेमबहादुर काफ्लेलाई रु. २० हजार नगद सहित सम्मान गरेको छ ।

नगरपालिकाले ११ जना कृषकहरुलाई उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको छ । तरकारी खेती गर्ने कृषकहरु टीका नेम्बाङ, वीरेन्द्र राई र खिमलाल घिमिरे, गाई पालन गर्ने कृषकहरु धनकुमार राई र रणझोर तुम्बापो, किबी खेती गर्ने कृषक सुरेन्द्र राई, नर्शरी तथा तरकारी खेती गर्ने कृषक यामकुमार तुम्रोक, बाख्रापालक कृषकहरु भीम न्यौपाने र गंगाराम अधिकारी र मौरीपालक कृषकहरु दिलकुमार राई र प्रेम फागो पुरस्कृत हुनुभएको छ । उत्कृष्ट कृषकहरुलाई जनही रु. १० हजार रकम सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

यस्तै फिदिम नगरपालिकाले फिदिम–१ को फिदिम माध्यमिक विद्यालयलाई उत्कृष्ट विद्यालय पुरस्कार प्रदान गरेको छ । रु. २० हजार राशीको पुरस्कार सो विद्यालयका प्रधानाध्यापक विनोदकुमार ठाकुरले ग्रहण गर्नुभयो । सोही राशीको उत्कृष्ट प्रधानाध्यापक पुरस्कारबाट फिदिम–३ को सुम्निमा आधारभूत विद्यालयका प्रधानाध्यापक इन्द्रकला राई पुरस्कृत हुनुभएको छ ।

नगरपालिकाले रु. १० हजार पुरस्कार र सम्मानपत्रसहित तीन जना शिक्षकहरूलाई उत्कृष्ट शिक्षक पुरस्कार प्रदान गरेको छ । पुरस्कार प्राप्त गर्नेमा फिदिम माध्यमिक विद्यालयका शिक्षक हरिचन्द्र लावती, जागृति आधारभूत विद्यालयका प्रधानाध्यापक डिल्लीराम लुइटेल र युवराज आधारभूत विद्यालयका शिक्षक इन्द्रप्रसाद ढकाल रहनुभएको छ ।

यस्तै गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा उत्कृष्ट अङ्क ल्याई उत्तिर्ण गर्ने विद्यार्थीहरुलाई समेत नगरपालिकाले पुरस्कृत गरेको छ । जसअनुसार छात्रतर्फ फिदिम माध्यमिक विद्यालयका विश्वशान्ति सेढाईं, मिराक नेम्बाङ, निशान केरुङ र मिसेक आङ्बो, छात्रातर्फ पनि सोही विद्यालयका दीपिका तामाङ, प्रियाङ्का ओली र समीक्षा न्यौपाने पुरस्कृत हुनुभएकाे छ । उत्कृष्ट विद्यार्थीको पुरस्कार राशी जनही रु. १० हजार रहेको फिदिम नगरपालिकाले जनाएको छ ।

यस्तै नगरपालिकाले गत आर्थिक वर्षमा सञ्चालित कार्यक्रमकाे प्रगति विवरण र चालु आर्थिक वर्षको बजेट किताब सार्वजनिक गरेको छ । यस्तै नगरपालिकाको सेवा प्रवाहका सन्दर्भमा सार्वजनिक सुनुवाई कार्यक्रम पनि सम्पन्न भएको छ । सार्वजनिक सुनुवाईमा सरोकारवालाले उठाएका सवालको प्रमुख प्रशासकीय अधिकृत प्रविनहाङ योङहाङ र नगर प्रमुख मित्रप्रसाद काफ्लेले जवाफ दिनुभएको थियो ।

जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङ्देम्बेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा निवर्तमान नगर प्रमुख ओनाहाङ नेम्बाङ, नगर उपप्रमुख राधाकृष्ण न्यौपाने, जिल्ला स्थित राजनीतिक दलका जिल्लास्तरका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु लगायतको सहभागिता थियो ।