Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
पाँचथरमा ९०३ जनाको उम्मेद्वारी « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

पाँचथरमा ९०३ जनाको उम्मेद्वारी

चिन्तन खबर

फिदिम । पाँचथरमा स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा ९०६ जनाले उम्मेद्वारीको मनोनयन दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय फिदिमका अनुसार १४ वटा वडा रहेको फिदिम नगरपालिकामा सबैभन्दा बढी २३७ जनाको उम्मेद्वारी परेको हो । फिदिम नगरपालिकामा नगर प्रमुख पदमा छ जना र उपप्रमुख पदमा चार जनाले उम्मेद्वारी दर्ता गराएका छन् । यस्तै १४ वटा वडाका वडाध्यक्षको पदमा ५६ जनाले उम्मेद्वारी दिएका छन् १४ जना महिला सदस्य पदमा ४४ जना, दलित महिला सदस्य पदमा ३० जना तथा प्रत्येक वडामा दुई/दुई जनाका दरले रहने सदस्य पदमा ९७ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

सात वडा वडा रहेको जिल्लाको फाल्गुनन्द गाउँपालिकामा अध्यक्ष पदमा पाँच जना, उपाध्यक्ष पदमा चार जना, वडाध्यक्ष पदमा २४ जना, महिला सदस्य पदमा १६ जना, दलित महिला सदस्य पदमा १५ जना र खुल्ला सदस्य पदमा ३५ जनाले उम्मेद्वारी दिएका छन् । फाल्गुनन्दमा कूल ९९ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

यस्तै मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष पदमा छ जना, उपाध्यक्ष पदमा चार जना र आठ वटा वडाका वडाध्यक्ष पदमा ३० जनाले उम्मेद्वारी दर्ता गराउका छन् । मिक्लाजुङमा महिला सदस्य पदमा १९ जना, दलित महिला सदस्य पदमा १८ जना तथा खुल्ला सदस्य पदमा ४८ जना गरी कूल १२५ जना उम्मेद्वारले मनोनयन दर्ता गराएका छन् ।

पाँच वटा वडा रहेको जिल्लाको कुम्मायक गाउँपालिकाको अध्यक्ष पदमा चार जना तथा उपाध्यक्ष पदमा तीन जनाले उम्मेद्वारी दर्ता गराएका छन् । यहाँ पाँच जना वडाध्यक्षका लागि १८ जना, महिला सदस्य पदमा १३ जना, दलित महिला सदस्य पदमा ११ जना र खुल्ला सदस्य पदमा ३२ जना गरी कूल ८१ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

सबैभन्दा कम मतदाता रहेको जिल्लाको तुम्बेवा गाउँपालिकाको अध्यक्ष पदमा तीन जना तथा उपाध्यक्ष पदमा दुई जनाले उम्मेद्वारी दर्ता गराएका छन् । पाँच वटा वडा रहेको यहाँ वडाध्यक्ष पदमा १७ जना, महिला र दलित महिला सदस्य पदमा समान १०–१० जना तथा खुल्ला सदस्य पदमा २७ जना गरी कूल ६९ जना उम्मेद्वार रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय फिदिमले जनाएको छ ।

यस्तै हिलिहाङ गाउँपालिकाको अध्यक्ष पदमा पाँच जनाले उम्मेद्वारी दिँदा उपाध्यक्षमा दुई जनाको मात्रै उम्मेद्वारी परेको छ । सात वटा वडा रहेको यो गाउँपालिकामा वडाध्यक्ष पदमा २२ जना, महिला र दलित महिला सदस्य पदमा समान १४/१४ जना र खुल्ला सदस्य पदमा ३३ जना गरी कूल ९० जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

याङवरक गाउँपालिकाको अध्यक्ष पदमा तीन जनाको उम्मेद्वारी दर्ता भएको छ भने उपाध्यक्ष पदमा चार जनाले उम्मेद्वारी दिएका छन् । छ वटा वडा रहेको यस गाउँपालिकामा वडाध्यक्ष पदमा १८ जना, महिला सदस्य पदमा १५ जना, दलित महिला सदस्य पदमा १४ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । खुल्ला सदस्यमा ३१ जनाले उम्मेद्वारी दिएको यस गाउँपालिकामा कूल ८५ जना उम्मेद्वार रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लाका फालेलुङ गाउँपालिकाको अध्यक्ष पदमा पाँच जना तथा उपाध्यक्षमा चार जनाले उम्मेद्वारी दिएका छन् । आठ वटा वडा रहेको यस गाउँपालिकामा वडाध्यक्ष पदमा ३० जनाको उम्मेद्वारी परेको छ । महिला सदस्य पदमा २१ जना, दलित महिला सदस्य पदमा १४ जना र खुल्ला सदस्य पदमा ४३ जना गरी यस गाउँपालिकामा कूल ११७ जना उम्मेद्वार छन् ।

जिल्लाका आठ स्थानीय तहको प्रमुखमा ३७ जना तथा उपप्रमुख पदमा २७ जनाले उम्मेद्वारी दिएका छन् । ६० वटा वडामा एक/एक जना निर्वाचित हुने वडाध्यक्ष पदमा २१५ जना, महिला सदस्य पदमा १५२ जना, दलित महिला सदस्य पदमा १२६ जना उम्मेद्वार बनेका छन् । १२० जना वडा सदस्य पदमा ३४६ जनाको उम्मेद्वारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आठ वटा स्थानीय तह रहेको पाँचथरमा नेकपा (एमाले) र सत्तारुढ गठबन्धनवीच तीब्र प्रतिस्पर्धा हुँदैछ । पाँचथरमा १ लाख ४० हजार २२४ जना मतदाता छन् । उनीहरुले आसन्न स्थानीय तहको निर्वाचनमा १०१ मतदान स्थलमा रहेका १७६ मतदान केन्द्रबाट मतदान गर्ने ब्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ ।