Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
देशको राष्ट्रिय राजनीतिमा छिटै फेरवदल आउछः उपाध्यक्ष पाण्डे « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

देशको राष्ट्रिय राजनीतिमा छिटै फेरवदल आउछः उपाध्यक्ष पाण्डे

चिन्तन खबर

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष सुरेन्द्र पाण्डेले अबको केही महिना भित्र देशको राष्ट्रिय राजनीतिमा फेरवदल आउदे दाबी गर्नुभएको छ ।

पाँचथर– काठमाडौं सम्पर्क मञ्चले आज काठमाडौंमा आयोजना गरेको दशैं, तिहार, नेपाल संवत, चासोक तङनाम लागायतकाको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले कोशी प्रदेशको घटनाले देशको राष्ट्रीय राजनीतिमा फेरबदल आउने बताउनुभएको हो । उहाँले भन्नुभयो–‘अबको केही महिनामा देशको राष्ट्रिय राजनीतिमा फेरबदल आउछ । यो मैले थाहा पाएको सूचना हो । मेरो विश्लेषण र कोशी प्रदेश सरकार गठन अवस्थालाई हेर्दा पनि राष्ट्रिय राजनीतिमा परिवर्तन आउने देखिएको छ । ’

उहाँले देशको आर्थिक र राजनीतिक क्षेत्रमा संकट परेकोसमेत बताउनु भएको छ । उहाँले भन्नुभयो – ‘अहिलेको अवस्थामा देशको आर्थिक स्थिति भयावह जस्तै भएको छ । देशलाई सुधार्न राजनीतिले मात्र हुँदैन । अर्थतन्त्रलाई पनि सुधार गर्नु पर्छ । हामीले संकल्प नगरी देश बन्दैन ।’

उहाँले अर्को प्रसंग निकाल्दै पछिल्लो समयमा देशमा सामाजिक सदभाव भड्काउने काम भइरहेको भन्दै चिन्ता समेत व्यक्त गर्नु भएको छ । उहाँ भन्नुहुन्छ–‘यो बडो गम्भिरको कुरो हो । यस विषयमा गम्भिर छलफल चाहिन्छ । विभिन्न धर्म र जात विच फाटो ल्याउन को लागि परेको छ यस विषयमा छलफल गर्नु जरुरी छ ।’