Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
दशैंको पाँचौ दिनः देवी स्कन्दको पूजाआरधना गरिँदै « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

दशैंको पाँचौ दिनः देवी स्कन्दको पूजाआरधना गरिँदै

चिन्तन खबर

काठमाडौं । घटस्थापनादेखि विधिवत रुपमा शुरु भएको नवदुर्गा पूजाको आज पाँचौ दिन मुलुकभरका शक्तिपीठहरुमा स्कन्दमाता भगवतीको पूजा अर्चना गरिँदै छ ।

स्कन्दमातालाई ज्ञान र क्रियाकी स्रोत एवं आरम्भकी प्रतीक मान्ने गरिन्छ ।

स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन स्कन्दमाताको पूजा आरधना गरी ज्ञान, भक्ति र कर्म शक्तिको लागि प्राथना गर्ने गरिन्छ ।

स्कन्दमाताको स्वरुपबारे चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गरिएको शास्त्रहरुमा उल्लेख गरिएको छ ।

भगवान् कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक मानिन्छन्। उनले सानै उमेरमा सुरता र विरताको प्रर्दशन गरी सेनापतिको स्थान हाँसिल गरेको र त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो ।

स्कन्दमाताको पूजा गर्नाले व्यक्तिको व्यवहारिक ज्ञानलाई कर्ममा बदल्नको लागि शक्ति र प्रेरणा मिल्ने विश्वास गरिएको पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा।डा। माधव भट्टराई बताउँछन् ।

घटस्थापनाको दिनदेखि नवरात्रसम्म दूर्गादेवीका नौ रुपको पूजा गरिन्छ । नवरात्रभर देशभर रहेका शक्तिपीठहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्दछ ।