Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
दशैंको मुखमा फालेलुङका राई दम्पत्तिलाई नयाँ घर « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

दशैंको मुखमा फालेलुङका राई दम्पत्तिलाई नयाँ घर

चिन्तन खबर

फिदिम । पहिराले घर बगाउँदा घरवारविहीन बनेका पाँचथरको फालेलुङ गाउँपालिका–३ खोलाघारी सेपीका मनप्रसाद राई दम्पत्तिले बडादशैंको मुखमा नयाँ घर प्राप्त गर्नुभएको छ ।

जनसेवा समाज पाँचथरको संयोजनमा राई दम्पत्तिका लागि ढुङ्गामाटो, जस्तापाता, काठ र चित्राले बनेको तीन कोठे घर निर्माण भएको हो । नवनिर्मित घर प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीसहितका सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि तथा स्थानीयवासीको उपस्थितिमा विहीवार हस्तान्तरण गरिएको छ । प्रजिअ मंग्रातीले नवनिर्मित घरको ताला खोलेर हस्तान्तरण गर्नुभएको हो ।

गत असार २ गते राती गएको पहिराले राई दम्पत्तिको घर पुरेको थियो । पुहिरामा पुरिएर घाइते भएकी राईकी नातिनी जुना सावदेनको उपचारका क्रममा मृत्यु भएको ।

घर निर्माणका लागि जनसेवा समाजको संयोजनमा जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत प्रहरी नायव निरीक्षक पुण्यप्रसाद अधिकारी, प्रहरी हवल्दार राजेश गौतम र पाथीभरा गृल उद्योगका सञ्चालक हरि लोवाले रु. ३२ हजार ५०० मूल्यको जस्तापाता, काँटी किला लगायत सामग्री खरीद गरिदिनु भएको थियो ।

यसैगरी नेपाली सेनाको रणशेर गण फिदिमले स्थानीयवासी समेतको सहयोगमा घर निर्माणको कार्य गरेको थियो । सेनाको टोलीले स्वलगानीमा दैनिक १२ जनाका दरले एक साता श्रमदान गरी राई परिवारको घर निर्माण गरेको जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

राई दम्पत्तिलाई घर हस्तान्तरण गर्न प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्राती, फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगू, नेपाली सेना रणशेर गणका प्रमुख दिलीप राउत, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान उपनिर्देशक तुलसी कट्टेल, प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्री, जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारी, फालेलुङ–४ का अध्यक्ष सन्तवीर राईसहितको टोली राईको घर पुगेको थियो ।

सो क्रममा प्रमुख जिल्ला अधिकारी मंग्रातीले नेपाल सरकारले प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको घर निर्माण गर्ने कार्यक्रम अघि बढाएपनि सोको कार्यान्वयनपूर्व नै जनसेवा समाजको संयोजनमा घर निर्माण भई हस्तान्तरण हुनु उदाहरणीय प्रयास रहेको वताउनुभयो । उहाँले कमजोर आर्थिक अवस्थाका परिवारको घर तथा आवासको ब्यवस्थाका लागि स्थानीय स्तरमा सामूहिक प्रयास गरिनुपर्ने वताउनुभयो ।

फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगूले असार पहिलो साता आएको बाढी र पहिराका कारण फालेलुङमा ५ दर्जनभन्दा बढी घर परिवार प्रभावित भएको तथा ११ घर पूर्णरुपमा विस्थापित भएको वताउनुभयो । विस्थापित परिवारहरुको अस्थायी आवासको प्रवन्ध, राहत र उद्धारमा जुट्ने क्रममा गाउँपालिकाले सबै काम गर्न नसकिरहेको अवस्थामा राई परिवारको घर निर्माण भई दशैंको सम्मुखमा हस्तान्तरण हुनु सुखद् विषय भएको उहाँको भनाई थियो ।

विपन्न अवस्थाका नागरिक, बालबालिका तथा असहायलाई सहयोग गर्दै आएको जनसेवा समाज पाँचथरले दाताहरुको सहयोग तथा सुरक्षा निकाय र स्थानीयवासीको श्रमदानमा आवासविहीनका लागि घर निर्माणका कार्य समेत गर्दै आएको संस्थाका अध्यक्ष अधिकारीले वताउनुभयो ।