Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
निष्पक्ष र शान्तिपूर्ण निर्वाचनको माग   « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

निष्पक्ष र शान्तिपूर्ण निर्वाचनको माग  

दलहरुबाटै आचारसंहिता उल्लङ्घन

चिन्तन खबर

भक्तपुर । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका क्रममा दलहरुबाटै आचारसंहिता उल्लङ्घन भएको भन्दै यसलाई रोक्न निर्वाचनमा भाग लिएका साना दल तथा स्वतन्त्र उम्मेदवारले माग गरेका छन् ।

जिल्ला प्रशासन कार्यलय भक्तपुुरमा बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनबारे छलफल गर्न आयोजना गरेको सर्वदलीय बैठकमा ठूला दलले शक्ति प्रर्दशन गरी निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दा पनि निर्वाचन आयोगले बेवास्ता गरेको र कारवाही नगरेको भन्दै आक्रोस व्यक्त गरेका हुन् ।

नेपाली कांग्रेसका नेता यादवप्रसाद अधिकारीले आचारसंहिता कडाइकासाथ कार्यान्वयन गर्न जोड दिनुभयो । नेकपा (एमाले)का अध्यक्ष वचन देउजाले उम्मेदवारी दर्ताकै दिन दलहरुबाट आचारसंहितामा उल्लङ्घन भएको भन्दै पालना गर्न–गराउन कडाई नगरे दलहरुबीच द्वन्द बढ्ने र त्यसको जिम्मेवारी निर्वाचन आयोगले लिनुपर्ने औँल्याउनुभयो ।

बैठकमा नेमकिपाका केन्द्रीय सदस्य एवं उम्मेदवार रवीन्द्र ज्याख्वाले मनोनयन दर्तामा उपयुक्त व्यवस्थापन नहुँदा अन्तिम नामावली समयमै प्रकाशन नगर्दा दावी विरोधको उजुरी गर्न नपाएको गुनासो गर्नुभयो ।

राप्रपाका प्रतिनिधि राजिव लामिछानेले विगतका निर्वाचनमा भएको त्रुटी नदोहरिन आयोग सचेत हुनपर्ने जनाउँदै आचारसंहिता पालनामा कडाई गर्न माग गर्नुभयो । सहभागी स्वतन्त्र उम्मेदवारहरुले ठूला दलले आफ्नो शक्ति प्रर्दशन गरेको, आचारसंहिता व्यापकरुपमा उल्लङ्घन गर्दा पनि आयोगले बेवास्ता गरेको आरोप लगाएका थिए ।

जिल्ला न्यायाधिस एवं मूख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले ‘सर्भर डाउन’ हुँदा मनोनयन दर्ता र नामावली प्रकाशनमा ढिलासुस्ती भएको भन्दै दलहरुलेनै आचारसंहिता बनाएकोले त्यसबारे दलनै जिम्मेवार हुनुपर्ने तथा शान्तिपूर्णरुपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुरको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्ला र नगर निर्वाचन अनुगमन समितिले निर्वाचनको हरेक गतिविधिको अनुगमन गर्ने बताउदै कानुनको पालना गर्नु सबैको कर्तब्य भएको बताउनुभयो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले निर्वाचनमा खटिने सुरक्षाकर्मीलाई शंकास्पद व्यक्ति र गतिविधिबारे समयमै जानकारी गराउन, चुनावलाई शान्तिपूर्ण बनाउन सबैको भूमिका रहने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजिव घिमिरेले निर्वाचन कार्यालयले पत्रकारलाई निर्वाचनका सूचना दिन कन्जुस्याइँ गरेको भन्दै आक्रोस व्यक्त गर्नुभयो । स्थानीय सञ्चारकर्मीले हालको निर्वाचन प्रक्रिया मिडिया मैत्री नभएको र निर्वाचन कार्यालयले मिडियालाई सहजरुपमा सूचना उपलब्ध नगराएको गुनासो गरेका थिए ।