Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
एमालेका स्वयंसेवकद्वारा ८१३ आवास निर्माण गरी हस्तान्तरण « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

एमालेका स्वयंसेवकद्वारा ८१३ आवास निर्माण गरी हस्तान्तरण

चिन्तन खबर

काठमाडौं । नेकपा (एमाले) का स्वयंसेवकले कात्तिक १७ गते गएको जाजरकोट भूकम्प प्रभावितका ८ सय १३ वटा अस्थायी आवास निर्माण गरेर हस्तान्तरण गरेका छन् ।

बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दू भएर गएको भूकम्पमा परेर ध्वस्त भएका जाजरकोट र रुकुमपश्चिम जिल्लाका ८ सय १३ वटा निजी आवास र १६ वटा अस्थायी विद्यालयको निर्माण गरेको प्रभावित क्षेत्रमा खटिनु भएका एमाले केन्द्रीय विपत व्यवस्थापन तथा स्वयंसेवक विभागका प्रमुख किरण पौडेलले जानकारी दिनुभयो ।

“जाजरकोट र रुकुमपश्चिममा भवन र भौतिक संरचना मात्रै होइन हरेक मान्छेका मनहरुपनि क्षतविक्षत छन् । विपतले विक्षिप्त भएका मनमा थोरै भएपनि खुशी ल्याउने काम भएको छ। यो बिचमा खुला आकाश मुनी भोको पेटमा, हप्तौं ननिदाएका आँखाहरुमा निद्रा ल्याउने काम भएको छ”, पौडेलले भन्नुभयो । भौतिक संरचनाको खोज, उद्धार र पुनःनिर्माणको काम गर्ने दौरानमा स्थानीय नागरिक र पार्टीलाई भार नपर्ने गरेर आफैँले व्यवस्थापन गरेको र २४ घण्टा पैदल यात्रामा रहेको टिकाचौर जस्ता गाउँमा समेत स्वयंसेवक सेवा गरेको संयोजक पौडेलले बताउनुभयो ।

“हामीले सेना र प्रहरीले सम्हाल्न नसकेका खोज उद्धार र सुरक्षित अस्थायी आवास निर्माण गरेका छौं । नलगाड नगरपालका–१ को कल्पतमा २५ वटा रहर लाग्दा मोडेल घर निर्माण गरेर हस्तान्तरण गरेका छौं । विकट क्षेत्रलाई बढी प्राथमिकता दिएका थियौँ । चुनावको प्रचारमा नेताहरु नपुगेको स्थानमा पार्टी हामीले काम गरेका छौं । जनताको केहीपनि नलिने र भार नपार्ने निर्देशन पार्टी केन्द्रको थियो तर स्थानीयले बिहानै घरमा फलेको साग, फलफूल, तरकारी, माशु ल्याएको नकार्न सकेनौं” संयोजक पौडेलले भन्नुभयो ।

आफूले कहिल्यै पनि एमाले पार्टीको पहिचान नदिएको बताउनु भएका पौडेलले काम गर्ने सन्दर्भमा अरुपार्टीसँग कहिल्यै होडबाजी नगरेको बताउनुभयो । नेपाली कांग्रेसको पार्टी कार्यालयदेखि सहारा खोजिरहेका नागरिकलाई विभेद नगरी सेवा प्रवाह गरेको दावी स्वयंसेवकहरुले बताएका छन् ।

दुई हजार अस्थायी टहरा निर्माणको लक्ष्य लिएको एमालेले बाँकी निर्माणको काम जाजरकोट र रुकुम पश्चिम जिल्लाको पार्टीले नेतृत्व लिने भएको छ । देशका विभिन्न जिल्लाबाट खटिएका स्वयम् सेवकहरुलाई बिदाई गर्दै स्वयम् सेवक टोलीका संयोजक पौडेलले निर्माणको कामको जिम्मेवारी पार्टीका जाजरकोट जिल्ला इन्चार्ज खेमबहादुर शाही र रुकुम पश्चिमका अध्यक्ष नन्दराज देवकोटालाई हस्तान्तरण गर्नु भएको छ ।

कात्तिक १७ गते राती भूकम्प गएको भोलिपल्ट एमालेको तर्फबाट उपमहासचिव विष्णु रिमालले स्थलगत अनुगमन गरेर शुरु भएको एमालेको अभियान कात्तिक ३० गते पार्टीको मजदुर संगठन जिफण्टका एक सय जना स्वयंसेवक परिचालन गरेर शुरु भएको थियो । भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुमपश्चिमका वस्तीमा २५ जनाका दरले ४० समूह परिचालन गरिएका थिए ।