ललितपुर । लैङ्गिक हिंसामा परेकाहरु हिंसाबारे बोल्न नसक्ने र डराउने गरेको तथ्य सार्वजनिक भएको छ ।
लैङ्गिक हिंसाविरुद्धको अन्तराष्ट्रिय १६ दिने अभियानका अवसरमा सञ्चारिका समूह र कोसिस नेपालको आयोजना गरेको ‘मानसिक स्वास्थ्य र लैङ्गिक हिंसा’ विषयमा एक कार्यक्रममा उक्त विषय उठान भएको हो ।
छलफलका क्रममा डा. अरविन्द भुसालले आफुसँग आउने विरामीहरु लैङ्गिक हिसांमा परेकाहरु त्यसबारे बोल्न नसक्ने र डराउने गरेको बताउनुभयो । मानसिक स्वास्थ्यका क्षेत्रमामा लामो समयदेखि उपचार गर्दै आउनुभएका डा. भुसालले प्रायजासो विरामीहरु हिंसाको कारण एन्जाइटी, डिप्रसन र आत्महत्यासम्म भएको उदाहरण प्रस्तुत गर्नुभएको थियो ।
स्वास्थ्य क्षेत्रमा कलम चलाइरहनु भएकी पत्रकार कल्पना आचार्यले मिडियामा मानसिक स्वास्थ्यका विषयमा मिडियामा धेरै कुरा आउन नसकेको बताउनुभयो । उहाँले मानसिक स्वास्थ्यमा विषयमा खुला हुनका लागि धेरै मानिसमा जनचेतनाको अभाव रहेको समेत औल्याउनुभयो ।
सञ्चारिक समूहकी अध्यक्ष विमला तुम्खेवाले पत्रकारिता क्षेत्रका निर्णायक तहमा महिला सहभागिताको आवश्यकता रहेको बताउनुभयो । कोसिस नेपालका कार्यकारी निर्देशक मातृका देवकोटाले महिलाविरुद्धका हिंसाबाट पीडित तथा प्रभावित व्यक्तिमा जटिल प्रकारका मनोसामाजिक समस्याको विकसित हुन नदिन संस्थाले महत्वपुर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
महिलाविरुद्धका हिंसा रोक्न सचेतना कार्यक्रम व्यापक बनाउनुपर्छः मन्त्री आचार्य
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिलाविरुद्धका हिंसा उन्मूलन गर्न देशभर सचेतना कार्यक्रम व्यापक बनाउनुपर्ने बताउनुभएको छ ।
मन्त्री आचार्यले सबै क्षेत्रका महिलालाई आफ्ना हक, अधिकारबारे अवगत गराई महिलाविरुद्धका हिंसा उन्मुलन गर्ने जागृतिका कार्यक्रम व्यापक बनाउनुपर्नेमा जोड दिनुभएको हो । उहाँले नेपालको संविधानले परिकल्पना गरेको समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने व्यवस्था भए पनि सोहीअनुरुप कार्यान्वयन हुन नसकेको बताउनुभयो जतिसुकै कानुनी व्यवस्था भए तापनि सचेतनाका कार्यक्रम बृहत् नगरेसम्म अवस्था यस्तै रहने उहाँको भनाई थियो । सबै क्षेत्रका महिलालाई आफ्ना हक, अधिकारबारे अवगत गराई महिलाविरुद्धका हिंसा उन्मूलन गर्न सबैको सहकार्यमा जनचेतनाका कार्यक्रम व्यापक बनाउनुपर्नेमा उहाँको जोड थियो ।
मन्त्री आर्चायले संविधानले परिकल्पना गरेको समतामूलक समाज निर्माण गर्न समाजका हुने महिला हिंसाविरुद्धका विकृति विसङ्गतिलाई नहटाउनुपर्नेमा उहाँले बताउनुभयो । ‘संविधान, कानुनमा भएका व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा समाजमा दाइजो प्रथा, यौन दुव्र्यवहार, अमानवीय व्यवहारलगायत महिलामाथि हुने हिंसा अझै व्याप्त छन् । समाजमा हुने महिला हिंसाविरुद्धका विकृति विसङ्गतिलाई नहटाएसम्म संविधानले परिकल्पना गरेको समतामूलक समाज निर्माण गर्न सम्भव छैन’, उहाँले बताउनुभयो ।
प्रतिक्रिया