Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
एमाले सङ्कल्प यात्राको अन्तिम कार्यक्रमः सामूहिक भोजनदेखि युवाको प्रवेशसम्म « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

एमाले सङ्कल्प यात्राको अन्तिम कार्यक्रमः सामूहिक भोजनदेखि युवाको प्रवेशसम्म

चिन्तन खबर

च्याङथापू। नेकपा (एमाले)ले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा–२०८०’को अन्तिम कार्यक्रम थियो, पाँचथरको याङवरक गाउँपालिका वडा नं. १ च्याङथापूमा आयोजित सन्देश सभा। उक्त यात्राका नेतृत्वकर्ता एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले यात्रा सञ्चालित पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम बिन्दू चिवाभञ्ज्याङमा यात्रा समापन गरेपछि पनि पूर्व निर्धारित कार्यक्रम भएकाले च्याङथापूमा एमालेले सन्देश सभा आयोजना गरेको थियो।

अघिल्लो दिन मङ्सिर ३० गते एमालेले फिदिममा वृहत सन्देश सभा गरेको थियो। तर पूर्वनिर्धारित भएकाले शीर्ष नेतृत्वको अनुपस्थितिमै पुस १ गते च्याङथापूमा आयोजित सभा उक्त यात्रालाई समष्टिमा स्पष्ट पार्ने प्रतिनिधि घटना थियो।

चिवाभञ्ज्याङको कार्यक्रम सम्पन्न गरेर एमाले उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ, सचिवहरु सहितका नेता च्याङथापू आइपुगेका थिए। सबै लस्करै खानाको लाइनमा लामवद्ध भए। यही लाइनमा सभामा भाग लिन आएका कार्यकर्ताहरु पनि थिए।

नेताहरु कार्यकर्ता र आम जनताभन्दा अलग हुने परम्परालाई उक्त यात्राले केही हदसम्म भएपनि चिर्न सफल भएको च्याङथापूमा देख्न सकिन्थ्यो। खानाको मेसमा लाइनभित्र कोही घुस्न खोजेपछि एमाले पोलिटब्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य लीलानाथ श्रेष्ठले भन्दै थिए – हामीले हाम्रो ब्यवहारबाट आफूलाई सही, इमान्दार र असल भएको परिचय दिनुपर्छ। कसैले नजानेको भए सिकाउनु पर्छ।

धान खेतमा कार्यक्रमस्थल र भान्सा बनाइएको च्याङथापूमा एमालेका विभिन्न तहका नेताहरु, सांसद्हरु, अन्य जनप्रतिनिधिहरु आम नागरिकसँग घुलमिल भएर खाना खाने, तस्वीर खिचाउने, भिडियो बनाउनेजस्ता काममा ब्यस्त देखिन्थे। यहाँ जनतातर्फ फर्किएर सहकार्य गर्ने, सरल जनजीवन नै अवलम्बन गर्ने तथा कार्यकर्तालाई सहज पहुँच दिने काम एमाले नेताहरुले गरेको देख्न सहजै सकिन्थ्यो। एमाले कोशी प्रदेश कमिटीका उपाध्यक्ष टीकाराम चेम्जोङ, याङवरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्या सहितका नेताहरु दर्शक दीर्घामै बसेर कार्यक्रममा सामेल थिए।

एमाले केन्द्रीय सदस्य एवम् पाँचथर प्रदेशसभा १(१)का इन्चार्ज अइन्द्रसुन्दर नेम्बाङको अध्यक्षता, च्याङथापूकै वासिन्दा एवम् एमाले पाँचथरका उपसचिव नरबहादुर गुरुङको सञ्चालन तथा उपमहासचिव ज्ञवालीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल याङवरकका नेता बिमल माङ्मु सहितका युवाहरु, नेपाली काँग्रेसका नेता इन्द्र बेघा लगायत एमालेमा प्रवेश गरे। कोशी नामाकरणको विषयलाई लिएर एमालेमाथि दोष थप्दै लगिएका समयमा दर्जनौं युवाहरु र जनजाति आन्दोलनका अगुवाहरु नै एमालेमा समाहित हुनुको अर्थ पनि निकै ठूलो थियो।

अतिथिहरुतर्फ उपमहासचिव ज्ञवाली, सचिवद्वय छविलाल विश्वकर्मा र पद्माकुमारी अर्याल, स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई, पोलिटब्यूरो सदस्यत्रय तिलकुमार मेन्याङ्बो, ज्वालाकुमारी शाह र कर्णबहादुर थापा अग्रभागमा थिए। एकल भएपनि छोटो सम्बोधन गरेका एमाले उपमहासचिव ज्ञवालीले यात्राका निश्कर्ष सुनाउँदै मध्यपहाडको विकास, बसाइँसराई रोकथाम, सम्भावनाको खोजी, ब्याप्त निराशाको निवारण तथा सेवा प्रवाहको सुधारमा पार्टी केन्द्रीत हुने निश्कर्ष सुनाए।

अतिथिको आसन ग्रहणदेखि अन्य कार्यक्रमलाई चुस्त पारिएको यात्रामा अन्यत्रजस्तै यहाँ स्थानीय कलाकारहरुले राष्ट्रभक्तिले ओतप्रोत गीतमा सामूहिक नृत्य गर्दा च्याङथापूमा भेला भएका एमाले कार्यकर्ता, समर्थक, शुभचिन्तक तथा सर्वसाधारणले निकै चासोका साथ हेरेका थिए।