Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
फिदिममा पूर्वमन्त्री लाओतीको शालिक अनावरण « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

फिदिममा पूर्वमन्त्री लाओतीको शालिक अनावरण

चिन्तन खबर

फिदिम । पाँचथरको फिदिममा पूर्वमन्त्री स्वर्गीय पद्मसुन्दर लाओतीको पूर्णकदको शालिक निर्माण गरिएको छ । नवनिर्मित शालिकको कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले मंगलबार अनावरण गर्नुभयो ।

फिदिम बजारको अस्पताल चोकमा रु. १२ लाख १७ हजारको लागतमा शालिक निर्माण गरिएको हो । पञ्चायतकालीन अवस्थामा पूर्वी पहाडको विकासका लागि निकै महत्वपूर्ण योगदान पु¥याउनुभएका लाओतीको स्मरणका लागि फिदिम नगरपालिकाको आर्थिक सहयोग तथा जनस्तरमा सहयोग सङ्कलन गरिएको थियो । शालिक अनावरणसँगै लाओतीको स्मृतिमा रु. १० लाख अक्षयकोष रहेको पद्मसुन्दर लाओती प्रतिष्ठान कोषको घोषणा समेत गरिएको शालिक निर्माण समितिका अध्यक्ष विजयबोध लाओतीले जानकारी दिनुभयो ।

कार्यक्रममा आफ्ना धारणा राख्दै प्रदेश प्रमुख खापुङले आफ्नो दृष्टिकोणमा लाओती विकासवादी नेता भएको वताउनुभयो । तत्कालीन परिस्थितिमा लाओतीले पूर्वी नेपालका जिल्लाहरुमा विकास र रुपान्तरणको सन्देश छरेको वताउँदै खापुङले लाओतीले देखाएको बाटोलाई पच्छ्याउन सबैमा आग्रह गर्नुभयो ।

“उहाँले सुरुआत गरेका कामहरु पूरा गर्न लागियो उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ”, खापुङले भन्नुभयो, “शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार लगायत विषयमा उहाँले छोडेका काम सबै एकजुट भएर पूरा गर्नुपर्छ ।” लाओती विशाल र महान ब्यक्तित्व भएको वताउँदै खापुङले उहाँका नाममा निर्माण भएको प्रतिष्ठानबाट आगामी दिनमा थप प्रयासहरु हुनु आवश्यक रहेको वताउनुभयो ।

स्वर्गीय लावतीका सुपुत्र एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता सगुनसुन्दर लाओतीले आफ्ना बुवाले जनताको आशिर्वाद प्राप्त गरेर जनताका लागि गर्नुभएको योगदानका कारण देहान्त भएको आठ वर्षपछि उहाँको शालिक निर्माण भएकामा खुशी ब्यक्त गर्नुभयो । “देश विदेशमा रहेका ब्यक्तित्वहरुले आर्थिक सहयोग गरेको, जिल्लावासीहरु स्वयम्सेवकका रुपमा शालिक निर्माणमा लागि परेर हाम्रो बुवाको योगदान साँच्चै महत्वपूर्ण रहेछ भन्ने सन्देश दिनुभयो”, लाओतीले भन्नुभयो ।
संविधानसभाका सदस्य एवं नेकपा (एमाले)का केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्बाङले वैचारिक मतभेदका बावजुत स्वर्गीय लावतीले पाँचथर सहित पूर्वी पहाडको विकासमा दिएको योगदान, उहाँले निर्माणको गरेको शीखर ब्यक्तित्वबारे बोल्न पाउँदा आफूलाई खुशी लागेको वताउनुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य एवं स्वर्गीय लाओतीका बुहारी बबिना मोक्तान, निवर्तमान प्रदेश सभा सदस्य आशारत्न जबेगू लगायतले समेत लाओतीको ब्यक्तित्वको चर्चा गर्नुभएको थियो ।
यसअघि तत्कालीन मन्त्री रामकुमार सुब्बाबाट यासोक बजारमा समेत लाओतीको शालिक अनावरण गरिएको थियो । वि.सं. १९९६ साल साउन ७ गते पाँचथरको यासोकमा जन्मनुभएका लावतीले पञ्चायतकाल र प्रजातान्त्रिक ब्यवस्थामा गरी सात पटक मन्त्री बन्नुभएको थियो । उहाँले गृह, कृषि, सञ्चार, उद्योगजस्ता महत्वपूर्ण मन्त्रालय समेत सम्हाल्नुभएको थियो । लावतीको २०७२ साल जेठ २७ गते काठमाडौंमा देहान्त भएको थियो ।