Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
आरुबोटेमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, सासू र छिमेकी घाइते « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

आरुबोटेमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, सासू र छिमेकी घाइते

चिन्तन खबर

फिदिम । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक ब्यक्तिले खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । खुकुरी प्रहारबाट थप दुई जना घाइते भएका छन् ।
घरायशी विवादमा आज बेलुकी अन्दाजी ८ बजेको समयमा श्रीमानले खुकुरी प्रहार गर्दा मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेको टेकुवाकी ३५ वर्षीया गोमा फियाकको मृत्यु भएको हो । खुकुरी प्रहारबाट गोमाकी आमा कान्छीमाया फियाक र छिमेकी महेन्द्र श्रेष्ठ घाइते भएका छन् । जिल्लाकै तुम्बेवा गाउँपालिका–४ का अन्दाजी ३५ वर्षीय असफल कुरुम्बाङले ससुराली घर पुगी घरायशी विवादमा श्रीमती, सासूआमा र छिमेकीमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिनुभयो ।
मृतक फियाक माइती घरमा बस्दै आएको बुझिएको प्रहरीले जनाएको छ । कुरुम्बाङले घरायशी छलफलका क्रममा एक्कासी खुकुरी प्रहार गरी फरार भएका हुन् । घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी चौकी आरुबोटे र इलाका प्रहरी कार्यालय रबिको टोली घटनास्थल पुगिसकेको कुशवाहाले जानकारी दिनुभयो ।
घटनावारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षक दिवस कुँवरको नेतृत्वको टोलीसमेत घटनास्थलतर्फ लागेको छ । घटनाका आरोपित कुरुम्बाङ तत्काल फरार रहेको र खोजीका लागि आसपासको क्षेत्रका सबै प्रहरी युनिटहरुलाई निर्देशन दिई इलाम प्रहरीसँग समेत समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रनाउ हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो ।