Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
विद्यालयको स्तरोन्नति र शैक्षिक गुणस्तर सुधारका लागि मझैटार आविमा ज्ञान महायज्ञ « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

विद्यालयको स्तरोन्नति र शैक्षिक गुणस्तर सुधारका लागि मझैटार आविमा ज्ञान महायज्ञ

चिन्तन खबर

फिदिम । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ४ मा अवस्थित मझैटार आधारभूत विद्यालयले विद्यालयको स्तरोन्नति तथा शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यसहित सप्ताह ज्ञान महायज्ञ आयोजना गरेको छ ।

विद्यालयको ५०औं वार्षिकोत्सव (स्वर्ण महोत्सव)को अवसर पारेर सोमवारबाट विद्यालयले महायज्ञ आयोजना गरेको हो । महायज्ञको पूर्व गृह राज्यमन्त्री एवम् आध्यात्मिक चिन्तनका अगुवा दीपकप्रकाश बाँस्कोटाले उद्घाटन गर्नुभएको थियो ।

महायज्ञको उद्घाटन कार्यक्रममा कोशी प्रदेश सभा सदस्य मैयाँ श्रेष्ठ, हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारी, फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बे, नेपाली काँग्रेस पाँचथरका निवर्तमान सभापति नरेन्द्रकुमार केरुङ, नेकपा (एमाले) कोशी प्रदेश कमिटीका सदस्य एवम् हिलिहाङ गाउँपालिकाका निवर्तमान अध्यक्ष भुवानीप्रसाद लिङ्देन लगायतले शुभकामना तथा प्रतिवद्धता मन्तब्य राख्नुभएको थियो ।

वि.सं. २०३० सालमा प्राथमिक विद्यालयका रुपमा स्थापित यस विद्यालयमा अहिले कक्षा ८ सम्म अध्यापन भइरहेको छ । विद्यालयले विपन्न तथा असहाय विद्यार्थीहरुलाई आवाशीय रुपमा पठनपाठनको ब्यवस्था गर्ने, अङ्ग्रेजी माध्यममा पठनपाठनको ब्यवस्था गर्ने, निकट भविश्यमा माध्यमिक तहसम्म विद्यालयलाई स्तरोन्नति गर्ने, प्रविधिमैत्री शिक्षाको ब्यवस्था गर्ने मुख्य उद्देश्य राखेर महायज्ञ आयोजना गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवम् श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ मूल आयोजक समितिका संयोजक सुरेन योङ्याले जानकारी दिनुभयो ।

शैक्षिक गुणस्तर सुधार गर्दै अङ्ग्रेजी माध्यममा पठनपाठन गराउन सकेको अवस्थामा गुणस्तरीय शिक्षाका लागि अभिभावकहरु बसाइँ सरेर जानुपर्ने, बालबालिकालाई बाहिर राख्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको अध्यक्ष योङ्याले वताउनुभयो । शैक्षिक गुणस्तर सुधार र आवाशीय पठनपाठनको ब्यवस्थाले विद्यार्थीको कक्षा छाड्ने दर घट्ने विद्यालयको अपेक्षा छ ।

यही माघ २२ गतेसम्म सञ्चालन हुने महायज्ञका प्रमुख कथा वाचकमा आचार्य पुण्यप्रसाद गुरागाइँ र कथा वाचकमा पण्डित त्रिलोचन भट्टराई रहनुभएको छ ।