काठमाडौं । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरीदिएको छ ।
बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिले अब मनोनयन दर्ता गर्नुअघि पदाबाट राजीनामा दिनुपर्ने भएको हो ।
आज न्यायाधीशहरु तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिट निवेदन खारेज गरिदिएको हो ।
प्रतिक्रिया