काठमाडौ । नेकपा (एमाले) सचिवालय बैठकले पार्टीको ७४ औं स्थापना दिवस भब्य रुपमा मनाउने र उपमहानगरपालिकाका प्रमुख—उपप्रमुखका उम्मेद्वारको बैशाख १० गते छनोट गर्ने निर्णय गरेको छ ।
बिहिबार बसेको केन्द्रीय सचिवालय बैठकले पार्टी स्थापना दिवश र स्थानीय निर्वाचनका लागि उम्मेदार छनोटका लागि छलफल सुरु भएको उपमहासचिव प्रदीप कुमार ज्ञवालीका जानकारी दिनुभयो ।
महानगर र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवार छनोट बैशाख १० गते हुने एमाले केन्द्रीय प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार सचिवालय बैठकमा सातै प्रदेशबाट महानगर र उपमहानगरका लागि उम्मेद्वार सिफारिस गरेका नामहरूबारे सामान्य छलफल भएको थियो ।
बैठकले सामान्यतया विशेष अवस्था र सम्भावनालाई ख्याल गर्दै गण्डकी र लुम्बिनी प्रदेश सांसद्हरुलाई स्थानीय तहको उम्मेदवार नबनाउने निर्णय गरेको पनि उहाँले जानकारी गराउनुभयो । सचिबालयको अर्को बैठक बैशाख १० गते बस्नेछ ।
प्रतिक्रिया