Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
एमालेले स्वाधीनता र राष्ट्रिय एकताका पक्षमा आवाज उठाएको छः महासचिव पोखरेल « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

एमालेले स्वाधीनता र राष्ट्रिय एकताका पक्षमा आवाज उठाएको छः महासचिव पोखरेल

चिन्तन खबर

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीले सधैँ स्वाधीनता र राष्ट्रिय एकताका पक्षमा आवाज उठाउँदै आएको बताउनुभएको छ । नेकपा एमाले, सम्पर्क समन्वय कमिटीले आज आयोजना गरेको कार्यक्रममा उहाँले नागरिकलाई राष्ट्रिय स्वाधीनताको विषय सबैभन्दा प्रिय भएको र एमालेले सधैँ राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको रक्षामा लागेको बताउनुभयो ।

नेपालमा छ दशक समय राजनीतिक लडाइँमा र अधिकार प्राप्तिमा लाग्दैमा बितेको र अहिले त्यो अवस्था नभएको महासचिव पोखरेलले बताउनुभयो । भारत र चीन दुवै छिमेकी देशहरु नेपालसँग रेललगायतका पूर्वाधारमा सहकार्य गर्न चाहेको उहाँको भनाइ छ । भारतले भारतीय रेल वीरगञ्ज हुँदै काठमाडौँ र चीनले केरुङबाट काठमाडौँ हुँदै लुम्बिनीसम्म रेल यातायातको विस्तारमा चासो देखाएको उहाँले बताउनुभयो । अहिले समयससँगै स्वाधीनताको सोच बदलिएको र यसले माटोको रक्षा मात्रै होइन आकाशको अधिकार पनि हो भन्ने धारणा रहेको उहाँले बताउनुभयो ।

अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दुवै छिमेकी देशसँगको सम्बन्ध सुमधुर बनाएको उहाँको भनाइ छ । भारतसँग सम्बन्धमा रहेका समस्या सुल्झाएको र चीनसँगको सम्बन्ध विस्तार गरिएको उहाँको भनाइ छ । पार्टी नेतृत्वको सरकारले पेट्रोलियम पदार्र्थ ढुवानीका लागि पाइपलाइन र विद्युत् भार कटौती हटाउन पहल गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “विगतदेखि नै रहेको डुबानको समस्या अध्ययन गरेर समाधान अघि बढाइएको थियो ।”