Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
मोरङमा दुई नक्कली चिकित्सक पक्राउ « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

मोरङमा दुई नक्कली चिकित्सक पक्राउ

चिन्तन खबर

मोरङ । प्रहरीले मोरङका दुई छुट्टाछुट्टै स्थानबाट दुई जना नक्कली चिकित्सक पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका १ मा रहेको श्री राम पाईल्स क्लिनिकका संचालक भारत दार्जिलिङ रानिगन्ज पानसालीका २७ बर्षीय पर्सनजित बर्मन र सुन्दरहरैचा नगरपालिका ३ गछिया चौकमा रहेको कल्पना आयुर्वेदिक क्लिनिकका संचालक भारत दार्जिलिङ देवीगन्ज ग्रामपन्चायतका २९ बर्षीय सनोड मण्डल रहेको प्रहरीले जनाएको छ ।

चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका र कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट उपचार गर्नको लागि ईजाजत पत्र प्राप्त नगरेका ब्यक्तिहरूले क्लिनिक संचालन गरी चेकाजाँच समेत गर्ने गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बैशाख १२ गते उनीहरुलाई पक्राउ गरेको प्रदेश १ प्रहरीले जनाएको हो ।

उनीहरुले बिगत केही समय देखी आफु चिकित्सक भएको बताउँदै अबैध रुपमा क्लिनिक संचालन गर्दे आएको खुलेको प्रहरीले जानकारी दिएको छ । यसरी अबैध रुपमा क्लिनिक संचालन गरी आम नागरीकहरुको स्वास्थ्यमा खेलवाड गर्ने उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उपचारमा प्रयोग गरिएको सामाग्री सहित पक्राउ गरेको तथा मेडिकल काउन्सिलसँग समन्वय गरी ईलाज सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।