Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
गुरु आत्मानन्दले रोज्नुभएको अहिंसा, शान्ति र मानव कल्याणको बाटो एमालेको पनि होः ओली « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

गुरु आत्मानन्दले रोज्नुभएको अहिंसा, शान्ति र मानव कल्याणको बाटो एमालेको पनि होः ओली

चिन्तन खबर

इलाम । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले र किरात धर्मगुरु आत्मानन्द लिङ्देनले रोजेको अहिंसा, शान्ति र मानव कल्याणको बाटो एउटै भएको बताउनुभएको छ ।

पश्चिम इलामको माङ्सेबुङस्थित किरात धार्मिकस्थल लारुम्बामा किरात धर्म साहित्य उत्थान सङ्घले आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा सम्बोधन गर्दै उहाँले धर्मगुरु आत्मानन्द लिङ्देन र उहाँले धारणा गरेको विश्व शान्ति र मानव कल्याणको नीतिको प्रशंसा गर्नुभयो ।

“किरात धर्मगुरुले जुन मानव कल्याणको विकास गर्दै हुनुहुन्छ, वास्तवमा एमालेले पनि रोजेको बाटो त्यही हो”, उहाँले भन्नुभयो, “नेपाली नागरिकलाई हिंसाबाट मुक्ति दिलाएर मानव कल्याणका निम्ति एमालेले विगतदेखि नै चालेको कदम पनि त्यही हो ।”

एमाले अध्यक्ष ओलीले आजै संविधानसभाका अध्यक्ष एवम् एमाले नेता सुभाषचन्द्र नेम्बाङलाई साथमा लिएर किरात धर्मगुरु आत्मानन्द लिङ्देनसँग लारुम्बास्थित गुरु आश्रममा भेट गर्नुभएको थियो ।

भेटपछि स्वागत कार्यक्रममा सहभागी हुनुभएको उहाँले धर्मगुरु लिङ्देनको आशीर्वाद विगतदेखि नै आफ्नो पार्टीलाई रहेको दाबी गर्नुभयो । इलाम र पश्चिम झापामा धर्मगुरु लिङ्देनका धार्मिक अनुयायीको ठूलो सङ्ख्या रहेको छ ।

धर्मगुरु आत्मानन्द लिङ्देन राष्ट्रिय विभूति एवम् किराती धर्मगुरु फाल्गुनन्दको सन्तान हुनुहुन्छ । उहाँ इलामको माङ्सेबुङस्थित लारुम्बामा आश्रममा बस्नुहुन्छ । उक्त आश्रम लारुम्बा धार्मिकस्थलका रूपमा प्रसिद्ध छ ।

लारुम्बाको कार्यक्रम सकेर उहाँले चुनावी प्रचारका लागि दक्षिण इलामको माई नगरपालिकास्थित शुक्रबारे बजारमा आयोजित एमालेको आमसभालाई सम्बोधन गर्नुभयो । अध्यक्ष ओलीले आजै झापाको कनकाईमा चुनावी सभालाई सम्बोधन गर्नुभयो ।

सुरुङ्गाको गणतन्त्र चौकमा भएको कार्यक्रममा उहाँले एमालेको कनकाई नगरको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभयो । सोही कार्यक्रममा अध्यक्ष ओलीले एमाले मुलुकको विकासको नेतृत्व गर्ने जनताको प्रिय पार्टी भएको बताउनुभयो ।

मङ्गलबार राजधानीबाट गृहजिल्ला आउनुभएको उहाँ दुई दिनभर चुनावी भेटघाट र सभाहरूमा व्यस्त रहनुभयो । इलामको माई नगरपालिका र झापाको भद्रपुर, हल्दिबारी, मेचीनगर, विर्तामोड र कनकाईमा आयोजित चुनावी सभामा उहाँ सहभागी बन्नुभयो । उहाँ आजै भद्रपुर विमानस्थलाबाट राजधानी फर्कनुभएको छ ।