Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
पाँचथरमा पाँच स्थानीय तहमा मतगणना सुरु « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

पाँचथरमा पाँच स्थानीय तहमा मतगणना सुरु

चिन्तन खबर

फिदिम । पाँचथरका पाँच वटा स्थानीय तहमा हिजो सम्पन्न स्थानीय तह निर्वाचनको मतदानको मतगणना सुरु भएको छ ।

जिल्लाको फिदिम नगरपालिकामा वडा नं. १४ बाट मतगणना सुरु भएको छ । उक्त वडामा नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतका पदमा नेपाली काँग्रेस नेतृत्वको गठबन्धनले अग्रता लिएको छ ।

हिलिहाङ गाउँपालिकामा वडा नं. १ र २ को मतगणना सुरु भएको छ । यहाँ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेद्वार अगाडि देखिएका छन् । वडा नं. १ को वडाध्यक्षमा गठबन्धनका तथा वडा नं. २ को वडाध्यक्षमा एमालेका उम्मेद्वार अगाडि छन् ।

जिल्लाको कुम्मायक गाउँपालिकामा वडा नं. १ बाट मतगणना सुरु भएको छ । कुम्मायकमा पनि गठबन्धन अगाडि देखिएको छ । उक्त वडाको वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वार टंकबहादुर पौडेलले प्रतिस्पर्धात्मक मत प्राप्त गरिरहेका छन् ।

जिल्लाको फालेलुङ गाउँपालिकामा वडा नं. ६ बाट मतगणना सुरु भएको छ । यहाँ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) तथा वडाध्यक्षमा गठबन्धनका उम्मेद्वार अगाडि छन् ।

यस्तै जिल्लाको तुम्बेवा गाउँपालिकामा वडा नं. १ बाटै मतगणना सुरु भएको छ । यहाँ गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेद्वार अगाडि छन् ।

जिल्लाको याङवरक, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकामा आज मात्रै मतगणना सुरु हुन लागेको छ । यहाँ आज उम्मेद्वारका प्रतिनिधि सामेल बैठक आयोजना गरिएको छ । हिँजो सम्पन्न निर्वाचनमा पाँचथरमा ६० प्रतिशत मत खसेको थियो ।