फिदिम । ताप्लेजुङको फुङलिङमा बाख्रा चराउन जङ्गल गएकी किशोरी मृत अवस्थामा भेटिएकी छन् । फुङलिङ नगरपालिका ३ सिम्लेकी १७ वर्षीय शर्मिला भट्टराई मृत भेटिएकी जिल्ला प्रहरी कार्र्यलय ताप्लेजुङले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा उनको भिर बाट लडेर निधन भएको हो । आइतबार दिउसो बाख्रा चराउन गएकी उनी बेलुकासम्म नफर्किएपछि परिवार खोजीमा निस्किएका थिए । बाख्रा बाटोमा भेटेपछि सशंकित उनीहरुले खोजी गर्ने क्रममा राति १० बजेतिर मृत भेटिएको र प्रहरीलाई खबर गरेको स्थानीयले जनाएका छन् ।
उनको शव आज बिहान करिब साढे ११ बजे जिल्ला अस्पताल ताप्लेजुङ ल्याईपु¥याइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया