काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बृद्धभत्ता एमालेका ब्राण्ड भएको दावी गर्नुभएको छ । आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल माथि बोल्दै गर्दै उहाँले बृद्धभत्ता बढाएर मासिक ५ हजार पुर्याउनुपर्नेमा वृद्धभत्ता प्राप्त गर्ने उमेर घटाएकोमा आपत्तिसमेत जानाउनुभएको छ ।
उहाँले भन्नुभयो– ‘एमालेले सुरु गरेको बजेटमा अरुको दाबी पुग्दैन । वृद्धभत्ता ६८ वर्ष झार्यौं नि, जतिसुकै गरेपनि बृद्धभत्ता एमालेको ब्रान्डजस्तो हो । तपाई ६८ वर्षमा झार्नुस् कि ५८ मा, केही फरक पर्दैन ।’
प्रतिक्रिया