काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुन सुन्दर लावतीले नेपालगंजमा जनस्तरबाट स्थापित स्वर्गवासी राजा वीरेन्द्रको सालीक हटाएर सरकार लोकसम्मति, नेपाली संस्कार र सँस्कृति प्रतिकूल गएको बताउनुभएको छ ।
विहीबार नेपालगञ्जमा भएको घटनालाई ट्वीट गर्दै लावतीले भन्नुभयो– ‘नेपालगंजमा स्थापित स्वर्गवासी राजा वीरेन्द्रको सालीक जनस्तरको सम्मान र श्रद्धाञ्जली हो । नागरिकको अभिव्यक्ति, संवेदना कुण्ठित गर्नु लोकसम्मति, इतिहास, नेपाली संस्कार र सँस्कृति प्रतिकूल छ ।’
‘आम नेपालीको स्नेह, श्रद्धा र आस्थाका धरोहर स्वर्गवासी राजाको सालीक सरकारले बल प्रयोग गरेर हटाउनु निन्दनीय छ,’ उहाँले भन्नुभयो ।
प्रतिक्रिया