Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
मुस्ताङका स्थानीय तहले आर्थिक वर्ष २०७९ र ८० का लागि रु ९४ करोड अनुदान पाए « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

मुस्ताङका स्थानीय तहले आर्थिक वर्ष २०७९ र ८० का लागि रु ९४ करोड अनुदान पाए

चिन्तन खबर

म्याग्दी । मुस्ताङ जिल्लाका स्थानीय तहहरूले सङ्घीय सरकारबाट आगामी आर्थिक वर्ष २०७९÷८० का लागि रु ९४ करोड अनुदान पाएका छन् ।

सरकारले गत हप्ता सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यअनुसार मुस्ताङका पाँच गाउँपालिकाले रु ९३ करोड ७७ लाख अनुदान पाएका हुन् । चालु शीर्षकमा रु ७९ करोड तीन लाख र पूँजीगततर्फ रु १४ करोड ७४ लाख बजेट विनियोजन भएको हो ।

घरपझोङ गाउँपालिकाले रु २१ करोड ५३ लाख, थासाङ गाउँपालिकाले रु २१ करोड ६९ लाख र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले रु १७ करोड १४ लाख बजेट पाएका छन् । यसैगरी लोघेकर–दामोदरकुण्ड गाउँपालिकाले रु १६ करोड ९३ लाख र लोमान्थाङ गाउँपालिकाले रु १६ करोड ४८ लाख अनुदान पाएका हुन् ।

सबैभन्दा बढी थासाङ र कम लोमान्थाङ गाउँपालिकाले अनुदान पाएका हुन् । स्थानीय तहहरूले सङ्घीय र प्रदेश सरकारले उपलब्ध गराउने अनुदान, आन्तरिक आम्दानी र चालु आर्थिक वर्षमा खर्च हुन नसकेको रकमलाई समेटेर आगामी आवको बजेट बनाउने गर्छन् । मुस्ताङका स्थानीय तहले आगामी आवका लागि टोल र वडास्थलमा योजना छनोट प्रक्रिया थालेका छन् ।