काठमाडौं । साँझदेखि मन्त्रीको जिम्मेवारीबाट मुक्त हुने भनिएका नेकपा एकीकृत समाजवादीका केही मन्त्री राती अबेर प्रचण्ड निवास खुमल्टारमा देखिए । एक जना राज्यमन्त्रीसहित पार्टीको तर्फबाट मन्त्री बनेका पाँच जनाको सट्टा अरु चार जनालाई शपथ खुवाउने तयारी चल्दै गर्दा नयाँ परिस्थिति सिर्जना भएको हो ।
पाँच जना नयाँ मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई दिउँसै पार्टी अध्यक्ष माधवकुमार नेपालले उपलब्ध गराउनुएको थियो । त्यसपछि अध्यक्ष नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाटको निम्ति खुमलटार जानुभयो ।
नेपाल त्यहाँबाट निस्केलगत्तै शहरी विकासमन्त्री तथा एकीकृत समाजवादीकी केन्द्रीय सचिव रामकुमारी झाँक्री र स्वास्थ्यमन्त्री विरोध खतिवडा माओवादी अध्यक्ष प्रचण्डसँग भेटघाट गर्न त्यहाँ पुगेको बताइन्छ । दाहाल र नेपालवीच सवा पाँच बजेबाट पौने ७ बजेसम्म भेटवार्ता भएको हो भने
त्यसपछि रामकुमारी र विरोध खतिवडा ८ देखि पौने नौ बजेसम्म खुमल्टारमा देखिनुभयो । साँझ शीतल निवासमा नयाँ मन्त्रीहरुको शपथ गर्ने कार्यक्रम मिलाईंदै गर्दा एकाएक कार्यक्रम रोकिएको थियो ।
यो समाचार जनआस्थाबाट साभार गरिएको हो ।
प्रतिक्रिया