पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेफ्टी ट्याङ्कीमा खसेर दुई जनाको मृत्यु

चिन्तन खबर

चितवन । भरतपुर महानगरपालिका–१९ तमु टोलमा आज साँझ सेफ्टी ट्याङ्कीमा खसेर दुई जनाको मृत्यु भएको छ । स्थानीय रामप्यारी गुरुङको घरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा उनीहरूको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा कपिलवस्तुको शिवराज नगरपालिका–९ घर भएका २४ वर्षीय छतिराम चौधरी र २३ वर्षीय रामु भनेर चिनिने डाक्टर चौधरी रहेका छन् ।

सफाइ गर्ने क्रममा छतिराम चिप्लिएर ट्याङ्कीमा खसेपछि उद्धार गर्न ट्याङ्की भित्र पसेका उनका भिनाजु नाता पर्ने डाक्टर चौधरीको पनि ट्याङ्कीमा पसेर मृत्यु भएको हो । उनीहरू लामो समयदेखि चितवन र आसपासका क्षेत्रमा ट्याङ्की सरसफाइ गर्ने काम गर्दै आएका थिए ।