Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
लहरीको ठक्करबाट एक जनाको मृत्यु « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

लहरीको ठक्करबाट एक जनाको मृत्यु

चिन्तन खबर

सुनसरी । कोशी राजमार्गअन्तर्गत सुनसरीको दुहवी नगरपालिका–५ बुढीपुलमा लहरीको ठक्करबाट मोटरसाइकलमा पछाडी सवार एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–२० का ५८ बर्षीया कृष्णकुमारी खवास रहेकी छन् । हिँजो दिनको ३ बजे उनकै श्रीमान ६६ बर्षीय मछिन्द्र खवासले चलाएको को २८ प ८५४४ नम्बरको मोटरसाइकलको पछाडि सवार खवासलाई बिपरित दिशाबाट आएको UP 57AT 3837 नम्बरको भारतीय लहरीले ठक्कर दिएको थियो ।

ठक्करबाट खवासको घटनास्थलमै मृत्यु भएको थियो भने चालक सामान्य घाइते भएका छन् । ठक्कर दिने लहरी र लहरी चालक भारत कुसिनगर जिल्ला बस्ने ४५ बर्षीय मन्नु यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।