पाँचथर । जिल्लाको मिक्लाजुङ गाउँपालिका ६ मा भीरबाट लडेर वृद्ध जनाको ज्यान गएको छ ।
शनिबार कन्याटार बजार जानुभएका ७१ वर्षिया रिङक नाथ आङवोहाङ साझ सम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा सिंगेनी भीरबाट लडेर मृत्यु भएको अवस्थामा स्थानीयले खबर गरेपछि प्रहरी टोली त्यहाँ पुगेको थियो ।
भीरबाट करिव ३० मिटर तल झरेर उनको मृत्यु भएको जिल्ला प्रहरी कायाएलय पाँचथरले जानकारी दिएको छ ।
उक्त घटनाको कानुनी प्रकृया पुरा गरी उक्त लास पोष्ट मार्टमलागी आधरभुत अस्पताल रवीको शव गृहमा राखीएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया