Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विपुल अधिकारी

झापा । झापाको झापा गाउँपालिका–३ कल्लामारीको भित्री सडकमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

हिजो दिउँसो सवा २ बजे मे १ त ४४१८ नम्बरको ट्याक्टरले मे ११ प २८२२ नम्वरको मोटरसाइकललाई ठक्कर दिर्इ दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक स्थानीय २० बर्षीय अख्तर अलीको उपचारको क्रममा बि एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

ठक्कर दिने उक्त ट्याक्टर र चालक प्रबिज आलमलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।