Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
सशस्त्र प्रहरीको नियन्त्रणमा रहेको झण्डै ४ सय बोरा मल स्थानीयले लगे « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

सशस्त्र प्रहरीको नियन्त्रणमा रहेको झण्डै ४ सय बोरा मल स्थानीयले लगे

चिन्तन खबर

काठमाडौं । धादिङमा सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएर काठमाडौं ल्याउँदै गरेको दुई ट्रक मल स्थानीयवासीले लगेका छन् ।

शनिबार दिउँसो काठमाडौं आउँदै गरेको मल बोकेको दुई ट्रक रासायनिक मललाई स्थानीयवासीले लगेका हुन् । स्थानीयले अन्दाजी ४०० बोरा मल लगेको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक अपूर्ण ढुंगानाले जानकारी दिए। धुनिबेशी नगरपालिका–६ धार्केस्थित पूर्व–पश्चिम राजमार्ग हुँदै काठमाडौं ल्याइरहेको मल बोकेको दुई ट्रक स्थानीयले रोकेका थिए। एकैचोटि ४०० बढी स्थानीय आएपछि ट्रकसँगै आएको दुई जना सशस्त्र प्रहरीले पनि केही गर्न नसकेको वडाध्यक्ष रमेशप्रसाद आचार्यले जानकारी दिए।

‘व्यापारीहरूले मल तराईबाट लिएर आएका रहेछ। राजश्वको टोलीले अनुसन्धान गर्नेक्रममा अवैध हो भन्ने भेटियो,’ उनले भने, ‘टोलीले नियन्त्रणमा लिएर काठमाडौंतर्फ लग्दै गरेको धार्केका स्थानीयले सूचना पाए। अहिले किसानलाई मलको हाहाकार छ। यो मल हाम्रै खेतमा लगेर हाल्न पाइन्छ भन्ने उद्देश्यले जनताले नै नियन्त्रणमा लिए।’

स्थानीयहरू आफैंले नै ट्रकमा चढेर बोकेर लगेका थिए। सो ट्रकसँगै आएका दुई जना सशस्त्र प्रहरीले पनि केही गर्न सकेका थिएनन्। उनका अनुसार स्थानीयले त्यसरी लग्दै गर्दा खानीखोलाको प्रहरी आएपछि भने रोकिएको थियो।

‘खानीखोलाबाट प्रहरी आएपछि गाडीलाई नियन्त्रणमा लिएर बाँकी भएको मललाई काठमाडौं लग्यो,’ उनले भने, ‘५०–६० बोरा जति बाँकी होला। यहीँकै व्यापारीहरूले मगाएको भन्ने पनि छ। आधिकारिक थाहा भएन।’ मलको अभाव भइरहेको हुँदा स्थानीयहरूले यस्तो गरेको हुनुपर्ने उनले बताए। १५ सयमा पाउँदै गरेको मल अहिले २२ सय तिर्नुपर्ने अवस्था भएको वडाध्यक्ष आचार्यले बताए।

‘एक बोरा मल १५ सयमा पाइन्थ्यो। अहिले २२ सय बोरा बेच्छन्। त्यो पनि भारतबाट विभिन्न तरिकाबाट आउँछ,’ उनले भने ,‘साल्ट ट्रेडिङले पनि १५–२० दिनमा २० बोरा, १५ बोरा दिन्छ। अरू व्यापारीहरूले अवैध तरिकाले ल्याएर बिक्री गर्छन्। २२ सय नै तिर्छु भन्दा पनि नपाइने अवस्था छ।’ उनले थपे, ‘व्यापारीहरूले नै सूचना चुहायो होला। अभावमा रहेको स्थानीयले थाहा पाएपछि हाल्न पाएहुन्थ्यो कि भन्ने भयो। प्रहरीले पनि नियन्त्रणमा लिने अवस्था भएन।’