Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
सवारी दुर्घटनामा दुई जनाको मृत्यु « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

विपुल अधिकारी

फिदिम । प्रदेश नं. १ का झापा र सुनसरीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

झापाको मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीको भित्री सडकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधवार बेलुका सवा ६ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको गरेको प्रदेश १–०१–००१ ह ८६०१ नम्बरको सिटीलाई सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क ११४६ नम्बरको मिनी ट्रकले पछाडिबाट ठक्कर दिई दुर्घटना हुँदा मेचीनगर–९ का ४३ बर्षीय रमेश कटवाल गम्भीर घाइते भई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाएकामा उनको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटना भएका दुवै सवारी साधनलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यस्तै सुनसरीको दुहबी–३ स्थित इनरुवा–दुहबी सडक खण्डमा टिपरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान ९ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख २१०१ नम्बरको टिपरले साइकलयात्री भारत बिहार सिपोल घर भई दुहबी–२ मा डेरा गरी बस्दै आएकी ६० बर्षीया चन्द्रकला देबी बिश्वकर्मालाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको थियो । घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी टोली खटिई टिपर चालक मोरङ बेलबारी–८ का ३२ बर्षीय उमेश सार्कीलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।