Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
पाँचथरमा पहिराले घर बगाउँदा तीन जना बेपत्ता « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

पाँचथरमा पहिराले घर बगाउँदा तीन जना बेपत्ता

विपुल अधिकारी

फिदिम । अविरल वर्षासँगै पहिरो गएर पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् ।

पाँचथरको फालेलुङ गाउँपालिका वडा नं. ७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलाल सहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा मगर र १९ वर्षीया भतिजी एलिसा मगर छन् ।

रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने पहिरोमा उछिटिएर बाँच्न सफल भएका छन् । शुक्रवार राती करीब १०ः१५ बजे पहिरो झरेर ढुङ्गा, माटोले बनेको रुपलालको घर र तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घटनास्थलबाट करीब ५०० मिटरको दूरीमा रहेको प्रहरी चौकी सिदिनको टोली घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको थियो । उद्धारका लागि राती नै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षक सन्तोषकुमार राईको कमाण्डमा १७ जनाको टोली घटनास्थलतर्फ गएको छ ।

यस्तै सशस्त्र प्रहरी बल २ नम्बर हेडक्वाटर हिमशिखर गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र साउथको कमाण्डमा १५ जना तथा नेपाली सेनाको फिदिमस्थित रणशेर गणबाट उपसेनानी निरज भण्डारीको कमाण्डमा १३ जनाको टोली बेपत्ताको उद्धार तथा खोजीका लागि घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । तर विहानसम्म बेपत्ताहरु फेला नपरेको प्रनाउ थापाले जानकारी दिनुभयो ।

तस्वीरहरु : जिल्ला प्रहरी कार्यालय पाँचथर ।