फिदिम । फिदिम नगरपालिका–२ का वडा अध्यक्ष दिननाथ अधिकारीले करिव एकसय २० जना विद्यार्थीलाई निशुल्क पोशाक वितरण गर्नुभएको छ ।
उहाँले आफ्नै नीजि खर्चमा विद्यार्थीलाई एक/एक सेट पोशाक वितरण गर्नुभएको कालिका माविका शिक्षक केशव अधिकारीले जानकारी दिनुभयो ।
आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर विद्यालयका सम्पुर्ण विद्यार्थीलाई उहाँले पोशाक वितरण गर्नुभएको हो ।
त्यस्तै, कार्यक्रममा फिदिम बजार स्थित न्यू डि एण्ड वि स्टोर्सका प्रोपाइटर डिल्ली उप्रेतीले सम्पुर्ण विद्यार्थीलाई जुत्तासमेत वितरण गर्नुभएको छ । सोहि विद्यालयका शिक्षक चन्द्रप्रकाश मुखियाको पहलमा उप्रेतीले जुत्ता वितरण गर्नुभएको हो ।
कार्यक्रममा माविकाका पूर्व शिक्षक तथा फिदिम–६ का वडा अध्यक्ष विपन तुम्रोकलाई विद्यालयबाट विदाईसमेत गरिएको छ । विभिन्न संघ संस्थाका प्रतिनिधिसहित आयोजित कार्यक्रमा विद्यार्थीहरु बीच हाजिरी जवाफ प्रतियोगितासमेत सम्पन्न भएको थियो । उक्त प्रतियोगिताको पुरस्कारको प्रायोजन फिदिम–६ का वडा अध्यक्ष तुम्रोकले गर्नुभएको थियो ।
कालिका माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद अधिकारीको अध्यक्षता कार्यक्रमा सम्पन्न भएको हो ।
कार्यक्रमको सञ्चालन विद्यायलका शिक्षक डेविट तुम्बापोले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष मात्रिका हुमगाई, सञ्चारकर्मी विजय बोधलावती, विद्यालयका प्रधानाध्यापक टंक अधिकारीलगायतले दाताहरुलाई धन्यवाद दिनुभएको थियो । पोशाक पाएपछि विद्यार्थीहरु उत्साहित बनेका छन् ।
प्रतिक्रिया