काठमाडौं । रङ्गकर्मी तथा चलचित्रकर्मी सागर केरुङको नाट्य कृति ‘सुनौली रुपौली’ को आइतबार ललीतपुरस्थित चुम्लुङ हिममा विमोचन भएको छ ।
किरात याक्थुङ चुम्लुङ, लिम्बू साँस्कृकतिक परिषदले आयोजना गरेको विमोचन समारोहमा प्रमुख अतिथि अल्पाइन युनिभर्सिटी सिक्किमका लिम्बू डिपार्टमेन्ट प्रमुख तथा लिम्बू भाषाका प्रोफेसर कर्ण सुब्बा ताम्लिङ, बिशेष अतिथि किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेन लगायतले ‘सुनौली रुपौली’ को बिमोचन गरेका थिए ।
कार्यक्रममा मुन्धुम तथा संस्कृतिविद येहाङ लाओती, ऐतिहासिक ब्यक्तित्व वीर नेम्बाङ, प्राज्ञ अमर तुम्याङ र सिक्किमका कवि समल सुब्बाले नाटकमाथि टिप्पणी गरेका थिए । ‘सुनौली रुपौली’ केरुङको नवौं कृति हो ।
कार्यक्रम किरात याक्थुङ चुम्लुङ, लिम्बू साँस्कृतिक परिषदका अध्यक्ष गोविन्द आङ्बुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया