पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईजीपी विरुद्धको रिट खारेज

चिन्तन खबर

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट खारेज गरेको छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासले सिंहलाई आईजीपी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय कानूनसम्मत भएको ठहर गरेको हो ।

प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध प्रहरी अतरिक्त महानिरीक्षक ९एआईजीपी० विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । सरकारले सिंहलाई गत वैशाख १८ गते आईजिपीमा नियुक्त गरेको थियो ।

एआईजीपी पोखरेलले आफूभन्दा कनिष्ठलाई आईजीपी बनाएको भन्दै नियुक्ति खारेज गरी आफूलाई आईजीपीमा नियुक्त गर्न माग गर्दै रिट दायर गर्नुभएको थियो ।