झापा । झापाका दुई छुट्टाछुट्टै स्थानबाट शनिवार करीब साँढे ६ लाख मूल्यको अबैध सामान प्रहरीले बरामद गरेको छ ।
बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शनिवार राती १० बजे झापाको मेचीनगर नगरपालिका–६ मा नेपालबाट भारततर्फ लैजाँदै गरेको ५ बोरा सुपारी र भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको ४ पोका बिभिन्न किसिमका कपडा गरी अन्दाजी ४ लाख बराबरको समान बरामद गरेको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिवार राती साँढे १२ बजे भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउँदै गरेको करीव २ लाख ७५ हजार बराबरको लत्ता कपडा बरामद गरेको छ । यसरी अबैध रुपमा समान बराद भएसंगै आवश्यक कारबाहीका लागि मेची भन्सार बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिक्रिया