Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
वर्षा हुँदा पाङ्ग्रेभीर खण्ड जोखिमपूर्ण, वैकल्पिक मार्ग ट्र्याक खोलेर छोडियो « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

वर्षा हुँदा पाङ्ग्रेभीर खण्ड जोखिमपूर्ण, वैकल्पिक मार्ग ट्र्याक खोलेर छोडियो

विपुल अधिकारी

फिदिम । तीन वर्षअघि पहिरो झरेर करीब एक साता सडक अवरुद्ध भएको मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका–३ स्थित पाङ्ग्रेभीर खण्ड वर्षा हुँदा जोखिमपूर्ण बन्ने गरेको छ ।

राजमार्गभन्दा माथिको जमिनको ठूलो भाग भत्किएर सडकभन्दा माथि थुप्रो लागेको छ । पहिरो झरेका समय सडकभन्दा माथिको जमिनको केही हिस्सा मात्रै सडक पार गरेर बगेको थियो । भत्किएको जमिनको बाँकी भाग ब्यस्त सडकको माथिपट्टि रहँदा सवारी सञ्चालन जोखिमपूर्ण बनेको हो ।

निरन्तर वर्षा हुँदा लेदो सहित ढुङ्गा माटो झर्ने गरेकाले सडक जोखिमपूर्ण बनेको सवारी चालकहरुले वताएका छन् । शुक्रवार मात्रै लेदो सहित ढुङ्गा माटो सडकमा खस्दा मेची राजमार्ग केही समय अवरुद्ध भएको थियो ।

पानी पर्नेवित्तिकै लेदो सहित सानातिना ढुङ्गा र माटो सडकमा खस्ने गरेको छ । तीन वर्षअघि साउन पहिलो साता पहिरो झरेपछि भत्किएको सडकमा अहिले ठूल्ठुला खाल्डा परेका छन् । भत्किएको सडकमा सुस्तरी सवारी चलाउनु पर्ने यहाँ माथिबाट ढुङ्गामाटो खस्ने क्रमले जोखिम बढाएको हो ।

भत्किएको जमिनको सबै भाग पहिरो बनेर नखस्ने र जोखिम समेत उत्तिकै हुने भएपछि सडक डिभिजन कार्यालय इलामले सडकको भित्तामा जाली सहितको पर्खाल लगाएको थियो । तर क्रमशः पहिरो झर्ने क्रमले पर्खाल छिचोलेर सडकसम्म ढुङ्गा माटो खस्दा यो सडक खण्ड जोखिमपूर्ण बनेको हो ।

शुक्रवार सडक अवरुद्ध बनेका समय उक्त स्थान पुग्नुभएका स्थानीयवासी समेत रहनुभएका संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङले उक्त खण्ड पानी परेका समयमा जोखिमपूर्ण बन्ने गरेको वताउनुभयो । “सबै यात्रुहरुले ध्यान पु¥याएर मात्रै यात्रा गर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो ।

पहिरो झरेर जोखिम हुनसक्ने तथा सडक अवरुद्ध हुन जाने अवस्थालाई ध्यान दिँदै सडक डिभिजन कार्यालय इलामले एउटा स्काभेटर उक्त स्थानमा तैनाथ अवस्थामा राखेको छ । स्काभेटर तैनाथ राखिएपनि चालक नभेटिएपछि प्रजिअ सहित सरोकारवालालाई खवर गरी शुक्रवार बाटो खुलाइएको नेम्वाङले जानकारी दिनुभयो ।

तीन वर्षअघि ठूलो पहिरो झरेर लामो समयसम्म सडक अवरुद्ध बनेपछि मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका–३ गुम्बाडाँडाबाट फाल्गुनन्द–४ राँके बजारसम्म वैकल्पिक मार्ग निर्माण थालिएको थियो । गुम्बाडाँडाबाट निबुखोला हुँदै राँके जोड्ने उक्त मोटरबाटोको ट्र्याक खोल्ने कार्य पूरा भएपछि बजेट अभावका कारण काम रोकिएको छ ।

मेची राजमार्ग अवरुद्ध बनेको समयमा बजेटको प्रवन्ध गरी ट्र्याक खोल्न थालिएतापनि राजमार्ग सुचारु भएपछि वैकल्पिक मार्गको स्तरोन्नतिको कार्यलाई सरोकारवालाले भुलेको स्थानीयवासीको गुनासो छ । वैकल्पिक मार्गमा सवारी सञ्चालन सम्भव नभएपछि साना तथा ठूला सवारीका साधन जोखिम मोलेर मेची राजमार्गबाटै सञ्चालन भइरहेका छन् ।

मेची राजमार्गको यस खण्डमा विगतमा पहिरोको ठूलो समस्या थिएन । तर राजमार्गकै मर्मतका लागि भन्दै पाङ्ग्रेभीरमा स्काभेटर प्रयोग गरी सडकको भित्ताबाट ढुङ्गा निकालिएको थियो । सडकको भित्तामा रहेका स–साना ढुङ्गा उत्खनन गर्ने भन्दै भित्तामा रहेको पहरो भत्काइएपछि सडक भन्दा माथि रहेको जमिनको ठूलो भाग लच्किएर भत्किई पहिरो गएको थियो ।

निर्माण ब्यवसायीले यहाँबाट ढुङ्गा उत्खनन गरी आफ्नो निजी ब्यवसायमा प्रयोग गरेपनि सरकारी निकायले कुनै कारबाही गरेन । अवैध रुपमा राजमार्गको भित्ताबाट ढुङ्गा उत्खनन गरिएको विषयमा निर्माण ब्यवसायीलाई कारबाही गर्नुको सट्टा तत्कालीन जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको नेतृत्व एकअर्काको क्षेत्राधिकारको विषय भएको भन्दै पन्छिएपछि निर्माण ब्यवसायीले उन्मुक्ति पाएका थिए ।

मेची राजमार्गको यस खण्डका लागि ‘सधैँको समस्या’का रुपमा पाङ्ग्रेभीरको पहिरो देखिएपनि सरोकारवाला निकायले वैकल्पिक मार्ग तयार पार्न तदारुकता नदेखाएको स्थानीयवासीको गुनासो छ ।