झापा । झापाको भद्रपुर नगरपालिका–७ का ४० बर्षीय भोटलाल गणेश राजबंशीको करेन्ट लागेर मृत्यु भएको छ ।
माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका राजबंशीको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा हिजो बेलुका मृत्यु भएको थियो । झापा मेचीनगर नगरपालिका–४ स्थित आमडागीमा रहेको इलाम टि प्रोडुसर प्रा.लि. को भबन बनाउने मजदुर रहेका राजबंशी सोही निर्माणाधीन भवन नजिकै रहेको खोल्सीमा करेन्ट लगाई माछा मार्ने क्रममा हिजो दिउँसो साढे ४ बजे करेन्ट लागी घाइते भएका थिए । घटनावारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिक्रिया