काठमाडौं । निर्वाचन आयोगले आजबाट दल दर्ताको काम सुरु गर्दै छ । आगामिी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि आजबाट दल दर्ताको काम सुरु भएर साउन ३१ गते सकिने निर्वाचन आयोगले जनाएको छ ।
आयोगमा साउन १९ सम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई संविधानको धारा २७१ बमोजिम आज साउन २२ गते देखि साउन ३१ गतेसम्म दल दर्ता गर्न आह्वान गरिएको हो ।
दल दर्ताको निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो चुनाव भएको मिति उल्लेख गर्नुपर्ने आयोगले जनाएको छ ।
प्रतिक्रिया