मोरङ । प्रहरीले मोरङको जहदा गाउँपालिका वडा नं. ३ ठूलो हातिबन्दाबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।
बिशेष सूचनाका आधारमा शनिवार बेलुका साढे ६ बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४० बर्षीय भुसाराम राजबंशीको घर पछाडि रहेको कटेरोमा प्लाष्टिकमा प्याक गरी बोरामा हालेर लुकाई राखेको अवस्थामा ३८ किलो गाँजा बरामद गरेको हो ।
राजवंशीको घरबाट गाँजा बरामद भएपनि राजवंशी फेला नपरेको तथा उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
प्रतिक्रिया