काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको आगामी निर्वाचनको कार्यतालिका स्वीकृत भएको छ । मंआयोगको आइतबार बसेको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो ।
निर्वाचनका लागि राजपत्रमा सूचना प्रकाशित गर्नुपर्ने भएकोले उक्त काम गर्न भदौ २५ गते पठाइने छ ।
प्रत्यक्षतर्फ १ सय ६५ प्रतिनिधि सभा तथा ३ सय ३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।
आयोगले पारित गरेको कार्यसूचीअनुसार असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्त गरिने छ भने असोज २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ । आयोगका अनुसार असोज २८ गतेबाट मतपत्र छपाई सुरु हुनेछ ।
निर्वाचनका लागि राजपत्रमा सूचना प्रकाशित गर्नुपर्ने भएकोले उक्त काम गर्न भदौ २५ गते लेखी पठाइने आयोगले जनाएको छ । राजपत्रमा सूचना प्रकाशित भएपछि को लागू हुने आयोगले जनाएको छ ।
प्रतिक्रिया