झापा । झापा अर्जुनधारा नगरपालिका–११ चिया बगानबाट लागूऔषध ब्राउनसुगर र गाँजा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
हिजो साँझ साढे ७ बजे अस्थायी प्रहरी पोष्ट बुट्टाबारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३५ बर्षीय लालबहादुर दर्जीलाई शंकास्पद अवस्थामा फेला पारी चेक जाँच गर्ने क्रममा ४ ग्राम ब्राउनसुगर र २ ग्राम १३ मिलिग्राम गाँजा बरामद गरी नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दर्जीको सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रतिक्रिया