पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना अस्पतालबाटै भागे कैदी

चिन्तन खबर

विराटनगर । विराटनगरस्थित कोशी कोभिड अस्पतालमा उपचारका लागि भर्ना भएका एक जना कैदी भागेका छन् । अस्पतालबाट बुधबार राति भागेका कैदी विराटनगर–१८ का ४५ वर्षीय लक्ष्मण दास हुन् ।

बैंकिङ कसुर मुद्दामा ६ महिना कैद सजाय पाएका दास शौचालय जाने बहानामा राति १० बजेतिर फरार भएको अस्पतालले जनाएको छ । दासलाई लेनदेन मुद्दामा अदालतले २०७६ साल वैशाख २९ गते ६ महिना कैदको फैसला सुनाएको थियो ।

फैसलापछि उनी फरार थिए । प्रहरीले साउन २० गते उनलाई पक्राउ गरेको थियो । कारागार चलानका लागि कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि उनलाई साउन २० गते अस्ताल भर्ना गरिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले फरार दासको खोजी भइरहेको बताए ।