पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली कांग्रेसमा डा. शेखर कोइराला पक्ष संस्थापन पक्षसँग आक्रोसित, बोलाइयो छुटै बैठक

चिन्तन खबर

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्थामा सभापनि शेरबहादुर देउवाले एकलौटी मनोनयन गरेपछि डा. शेखर कोइराता पक्ष आक्रोसित बनेको छ । नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल , नेपाल महिला संघ लगायतका मुख्य भ्रातृ संस्थाको अध्यक्ष मनोनयन गर्दा देउवाले पार्टीभित्र कुनै परामर्श नगरी आफ्ना पक्ष लाई नै नेतृत्व चयन गर्नुभएको थियो ।

सभापति देउवाले नेविसंघमा दुजाङ शेर्पा, तरुण दलमा विद्वान गुरुङ, महिला संघमा उषा मिश्र राउत, नेपाल किसान संघमा गणेश तिमिल्सिना र नेपाल आदिवासी जनजाति संघमा ओमबहादुर घर्तीलाई अध्यक्षमा मनोनीत गरिसक्नुभएको छ ।

मनोनयन भएका सबै भ्रातृ संस्थाका अध्यक्षहरु संस्थापन पक्षका हुन् । संस्थापनइतर समूहले भ्रातृ संस्था गठन र पूर्णता दिने विषयमा परामर्श र सहमति गर्न माग गरेपनि संस्थापन पक्ष एक्लै अगाडि बढेपछि डा. कोइराला पक्षले आज आफ्नो समूहको बैठक बस्दै छ ।

दिउँसो २ बजेपछि बस्ने बैठकमा शेखर पक्षका पदाधिकारी, केन्द्रीय सदस्य र अन्य नेताहरुलाई बोलाइएको छ ।