झापा । झापाको काँकडभिट्टा र गौरीगञ्जबाट प्रहरीले भन्सार छलेर ल्याइदै गरेको चिनी, पाउडर दूध र सुपारी बरामद गरेको छ ।
मेचीनगर नगरपालिका–७ मा भारतबाट अवैधरूपमा भन्सार छलेर नेपाल भित्र्याइँदै गरेको एक लाख मूल्य पर्ने २ सय केजी पाउडर दूध जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ । यस्तै प्रहरीले मेचीनगर–६ स्थित काठ मिल छेउबाट नेपालबाट भारततर्फ लैजाँदै गरेको ३० केजी सुपारी बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले गौरीगञ्ज गाउँपालिका–५ स्थित जनता टोल स्थित मान्छे नबस्ने ग्वालीमा ३१ बोरा चिनी बरामद गरेको छ ।
भारतबाट अवैधरूपमा भन्सार छलेर लुकाईछिपाई राखेको अवस्थामा प्रहरीले १ लाख ११ हजार मूल्य बराबरको चिनी बरामद गरेको हो । बरामद गरिएको चिनी, दूध पाउडर र सुपारी मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिक्रिया