काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले गत वैशाख ३० गतेको चुनावमा आफ्नो दलबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि अभिमूखिकरण एवं प्रशिक्षण दिँदैछ ।
कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले स्थानीय तहका प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखलाई काठमाडौंमा सोमबार र मंगलबार प्रशिक्षण दिन लागेको हो ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहान ११ बजे हेरिटेज होटलमा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने छन् । गत स्थानीय तह निर्वाचनमा काँग्रेसले सबैभन्दा बढी स्थानमा विजय हाँसिल गरेको छ ।
प्रतिक्रिया